Home Login

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा भोली आइतबार, १० मा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा […]

पोर्चुगल — वैदेशिक रोजगारीको क्रममा युरोपेली मुलुक पोर्चुगल पुगेका एक नेपाली करिब छ महिनादेखि सम्पर्क विहीन भएका छन् ।  कैलालीको धनगढी स्थायी ठेगाना भएका सुरेश कुमार ओझा छ महिनादेखि पोर्चुगलमा बेपत्ता भएका हुन् । पोर्चुगलको लिस्बनबाट हराएका ओझालाई पोर्चुगलमा रहेको सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको पहलमा होस्टेलमा राखिएको थियो र होस्टेलमा राखेको केही समयपछि नै ओझा […]

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]

विकास लम्साल । पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका सय जना भन्दा धेरै सहभागिता रहेको थियो । आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम […]

युरोप — यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । […]

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर २७ तारिख आइतबार पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा भएको थियो। अध्यक्ष अर्यालको अनुसार कार्यक्रममा पोर्चुगलमा रहेको […]

पुस्तक रेग्मी । पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा हुने भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष […]

पोर्चुगल — पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा हुने भएको छ। उक्त कार्यक्रम यहीँ अक्टोबर २७ तारिख आइतबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी […]

(खानीखोलाका बाढीपहिरो पीडित बालबालिकालाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग) पोर्चुगल— नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ। खानीखोला निवासी रितु अधिकारीको सक्रियतामा उक्त रकम संकलन गरेको हो ,उनी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गरिरहेकी छिन्।आफ्नो जन्मभूमिमा बाढीपहिरोले […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । […]