Home Login

बेल्जियम । पछिल्ला केही वर्षहरूमा युरोपका केही सहरहरूमा अपराध दरमा भएको वृद्धिले स्थानीय बासिन्दा र पर्यटकहरूमा चिन्ता बढाएको छ । सन् २०२५ का लागि विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षण तथा रिपोर्टहरूले युरोपका सबैभन्दा खतरनाक मानिएका सहरहरूको सूची सार्वजनिक गरेका छन् । यी सूचीहरू विभिन्न मापदण्डहरू जस्तै अपराध सूचकांक, सुरक्षा सूचकांक, र स्थानीय अपराध तथ्याङ्कहरूमा आधारित छन् । […]

युरोप — चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । यस खेलमा खेलको ८५ औं मिनेटमा […]

जेनेभा, स्विट्जरल्याण्ड — सन् २०२५ को ताजा तथ्याङ्क अनुसार, युरोपमा बसोबासका लागि सबैभन्दा महँगा सहरहरूको सूचीमा फेरि पनि स्वीस सहरहरूको वर्चस्व देखिएको छ । विश्वव्यापी जीवनयापन लागत सर्वेक्षणहरूले ज्युरिख, जेनेभा, बासेल र बर्न जस्ता स्वीस सहरहरूलाई युरोपको सबैभन्दा खर्चिलो स्थानको रूपमा पुष्टि गरेका छन् । यो महँगीको पछाडि मुख्यतया स्वीस फ्र्याङ्कको बलियो अवस्था, उच्च आम्दानी […]

काठमाडौँ — युरोपको सुन्दर भविष्यको सपना बोकेर त्यहाँ पुगेका सयौं नेपालीहरू बर्सेनि विभिन्न कारणले डिपोर्ट (देश निकाला) भएर फर्कन बाध्य भएका छन् । युरोपियन युनियनको बलियो आप्रवासन नीति र सीमा सुरक्षाका कारण अवैध रूपमा बस्ने वा नियम उल्लंघन गर्ने नेपालीहरूमाथिको निगरानी बढेसँगै डिपोर्ट हुनेको संख्या पनि बढ्दो देखिएको छ । यद्यपि, युरोपका सबै देशहरूबाट डिपोर्ट […]

पोर्चुगल (लिस्बन) — पछिल्लो केही दिनदेखि युरोपका विभिन्न देशहरू तातो हावाको लहर (Heatwave) को चपेटामा परेका छन् । स्पेन, पोर्चुगल, फ्रान्स, इटाली र ग्रीस लगायतका दक्षिणी युरोपेली मुलुकहरूमा तापक्रम अस्वाभाविक रूपमा बढेको छ, जसले जनजीवन प्रभावित बनाएको छ । स्पेन : स्पेनमा यो वर्षको गर्मीको पहिलो लहर निकै शक्तिशाली देखिएको छ । देशका दक्षिणी र […]

साइप्रस — युरोपेली मुलुक साइप्रसमा सन् २०१६ मा स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन सम्पन्न गरेको छ । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ भन्ने मूल नाराका साथ स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन जुन ८ तारिख सम्पन्न गरेको हो । साइप्रसमा स्थापना कालदेखि […]

इटाली —  युरोपेली संघ (ईयू) ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो । आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, ‘धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?) युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ। युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो […]

पुस्तक रेग्मी । युरोप — गएको छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको ६ महिनामा विदेश पढ्न जाने नेपालीले झन्डै ५७ अर्ब रुपैयाँ खर्च गरेका छन्। विवरण अनुसार, साउनदेखि पुससम्ममा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब ८३ करोड […]