Home Login

नुवाकोट (बेलकोटगढी) — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ९, सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा खेलकुद सामग्री वितरण गरिएको छ । ‘नेपाली जनप्रगतिशिल मञ्च प्रवासी टिम’ र विभिन्न देशमा रहेका समाजसेवी नेपालीहरूको संयुक्त पहलमा हिजो एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । जाडो मौसममा विद्यार्थीहरूलाई राहत […]

लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा लामो समयदेखि नेपाली स्वाद र परिकारका लागि चर्चित ‘गोल्डेन गेट’ नेपाली रेस्टुरेन्टले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएको छ । नेपाली समुदायमाझ लोकप्रिय रहेको यो रेस्टुरेन्टले अब पोर्चुगिज परिकारमा केन्द्रित हुँदै आफ्नो नयाँ शाखाको रूपमा ‘चुरास्केइरा साभोर लिस्बोआ रेस्टुरेन्ट’ (Churrasqueira sabor Lisboa) सञ्चालनमा ल्याएको हो । सञ्चालक प्रेम खड्काका अनुसार, यो […]

लिस्बन — लिस्बन सिटी काउन्सिलले सहरवासीहरूको शान्ति र आरामलाई प्राथमिकता दिँदै सार्वजनिक स्थान र सडकमा मदिरा बिक्री तथा सेवनलाई नियन्त्रण गर्ने नयाँ नियम ल्याउने अन्तिम तयारी गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा बढ्दो रात्रिकालीन शोर र होहल्लालाई कम गर्ने उद्देश्यले, नगरपालिकाले सडकमा मदिरा सेवन र बिक्रीमा कडाइ गर्ने प्रस्ताव अघि सारेको हो । करिब दुई […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजित यो भेटघाट डिसेम्बर ०७, २०२६ का दिन लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो । राजदूत पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया तथा ओसियाना विभाग (Asia and Oceania […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलमा रहेका नेपाली समुदायलाई प्रदान गरिने कन्सुलर सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावासले सक्रिय पहल कद्मी अघि बढाएको छ । यसै सन्दर्भमा, राजदूतावासका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलर श्री शत्रुध्वन पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गत जनवरी ०७, २०२६ का दिन […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले हालसालै तयार भएर आएका राहदानीहरूको नयाँ सूची (Lot 7) सार्वजनिक गर्दै सम्बन्धित आवेदकहरूलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो । मिति ०८ जनवरी २०२६ मा जारी गरिएको यो सूचनाअनुसार, आवेदन दिएका धेरै नेपालीहरूको राहदानी वितरणका […]

नर्वे — नर्वेलाई कर्मथलो बनाएका योगेश भट्टको पहलमा पदम सिंह खाती ज्यूको क्यान्सर उपचारका लागि नर्वेमा आर्थिक सहयोग संकलन कार्य जारी रहेको छ । हालसम्म ४३ जना सहयोगी मनहरूबाट जम्मा ९,१०१ नर्वेजियन क्रोनर (kr) संकलन भइसकेको जानकारी प्राप्त भएको छ । हेल्प नेटवर्क RSP-PNSBN संस्थाको फेसबुक ग्रुपमार्फत पनि उल्लेख्य आर्थिक सहयोग जुटाइएको योगेश भट्टले जानकारी […]

बुल्गेरिया —  यदि तपाईं सन् २०२६ मा युरोपमा बसाइँ सर्ने वा त्यहाँबाट टाढा बसेर काम गर्ने (रिमोट वर्क) योजना बनाइरहनुभएको छ भने बुल्गेरिया एउटा उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिएको छ । बुल्गेरियाले भर्खरै विदेशी नागरिकहरूका लागि डिजिटल घुमन्ते भिसा सुरु गरेको छ, जसका लागि आवेदन प्रक्रिया समेत खुला भइसकेको छ । पछिल्लो समय बुल्गेरियाले आफ्नो […]

लिस्बन (पोर्चुगल)  — गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्षको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । तमु समाज पोर्चुगलको मुख्य आयोजनामा जनवरी ४ तारिख आइतबारका दिन एक विशेष सांस्कृतिक समारोहबीच यो पर्व हर्षोल्लासका साथ मनाइएको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई […]

निकोसिया (साइप्रस) —  रोजगारी तथा विभिन्न पेसा-व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीहरूको साझा संस्था तमु समाज साइप्रसले गुरुङ समुदायको महान् पर्व तथा नयाँ वर्ष ‘तमु ल्होसार’ भव्यताका साथ सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा र भेषभुषालाई जीवन्त राख्ने उद्देश्यले आयोजित यो विशेष समारोह सन् २०२६ जनवरी ४ तारिख, आइतबारका दिन साइप्रसको […]