Home Login

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

एथेन्स, ग्रीस — पछिल्लो २४ घण्टामा ग्रीसको दक्षिणी टापु क्रेट र यसको छिमेकी सानो टापु गाभ्डोसमा आप्रवासीहरूको आगमन ह्वात्तै बढेपछि यहाँको तटीय सुरक्षा संयन्त्रमा कडा दबाब सिर्जना भएको छ । सुधारिएको मौसम र मानव तस्करहरूले बाटो परिवर्तन गरेका कारण यस क्षेत्रमा सयौंको संख्यामा आप्रवासीहरू ओइरिन थालेका हुन् । शुक्रबार र त्यसपछिको रात क्रेटको तटीय क्षेत्रमा […]

सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगिज फ्यानहरूमा देखिएको उत्साहले टिकटको उच्च मूल्यलाई समेत ओझेलमा पारिदिएको छ । पोर्चुगिज फुटबल महासंघ (FPF) लाई उपलब्ध गराइएका समूह चरणका तीनवटै खेलका टिकटहरू अत्यधिक मागका कारण पूर्ण रूपमा ‘बिक्री’ भइसकेको (ओभर सब्स्क्राइब भएको) छ । महासंघ निकट स्रोतले दिएको जानकारी अनुसार, महँगो मूल्यको पर्वाह नगरी पोर्चुगिज […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले बतएका छन् । उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन […]

साइप्रस — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले नेपाल मगर संघ यूरोप शाखा साइप्रसले यस वर्षको माघे सक्रान्ती (माघे) पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ । मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको यो पर्वलाई उल्लासमय वातावरणमा सम्पन्न गर्न संघले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । […]

लिस्बन — पोर्चुगलको आप्रवासन एजेन्सी (एआईएमए) ले लामो समयदेखि यहाँ बसोबास गरिरहेका तेस्रो मुलुकका नागरिकहरूका लागि ‘दीर्घकालीन निवासी’ को कानुनी हैसियत प्राप्त गर्ने प्रक्रियालाई व्यवस्थित र सहज बनाउने उद्देश्यले आज एउटा नयाँ अनलाइन अपोइन्टमेन्ट फारम सार्वजनिक गरेको छ । यो नयाँ व्यवस्थासँगै अब योग्य आवेदकहरूले सिधै एआईएमए को आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत अपोइन्टमेन्ट फारम भर्न […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो । राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० […]

पोर्चुगल — पोर्चुगलको मौसम विज्ञान संस्थान (IPMA) ले यस सप्ताहांत (डिसेम्बर १९ देखि २१ सम्म) को लागि विशेष बुलेटिन जारी गर्दै मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको छ । आइसल्याण्ड र इबेरियन प्रायद्वीपको बीचमा विकास भएको विशाल न्यून-चापीय क्षेत्र र त्यससँग सम्बन्धित चिसो मोर्चाका कारण पोर्चुगलको मुख्य भूमिमा मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]