Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगिज मौसम विज्ञान संस्थान (IPMA) ले एट्लान्टिक महासागरमा विकसित भएको शक्तिशाली आँधी ‘क्रिस्टिन’ का कारण देशको मुख्य भूमिमा “विपत्तिजनक” प्रभाव पर्न सक्ने भन्दै कडा चेतावनी जारी गरेको छ । आज बिहान पहिचान गरिएको यो आँधी अजोरेस टापुको उत्तरबाट तीव्र गतिमा पोर्चुगलको मुख्य भूभाग तर्फ सरिरहेको छ । मौसमविद्हरूका अनुसार यो आँधीमा वायुमण्डलीय […]

बुकारेस्ट (रोमानिया) — प्रवासमा आफ्नो भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने मूल नारालाई आत्मसात गर्दै सन् २०२३ जनवरी १ मा स्थापना भएको नेपाल तामाङ घेदुङ रोमानियाले मञ्जुश्री सम्बत २८६२ ता ल्हो (सोनाम ल्होछार) को पावन अवसरमा आयोजना गरेको बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०२६ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा […]

म्याड्रिड (स्पेन) — स्पेन सरकारले कागजपत्रविहीन आप्रवासीहरूका लागि ठूलो राहतको घोषणा गर्ने तयारी गरेको छ । लामो समयदेखि स्पेनमा बसोबास गरिरहेका तर कानुनी कागजात नभएका आप्रवासीहरूलाई सरकारले अब अस्थायी बसोबासको अनुमति (रेसीडेन्सी) प्रदान गर्ने भएको छ । सत्तारूढ गठबन्धन सरकारले यस सम्बन्धी एक विशेष आदेश मंगलबार अनुमोदन गर्ने तयारी गरेको छ, जसबाट करिब ५ लाख […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको मौसम तथा समुद्र विज्ञान संस्थान (IPMA) र नागरिक सुरक्षा प्राधिकरणले ‘क्रिस्टिन’ नाम दिइएको शक्तिशाली आँधीको चेतावनी दिँदै देशको मध्य र उत्तरी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भोलि, जनवरी २८ तारिखको बिहान पोर्चुगलको मुख्य भूमिमा प्रवेश गर्ने यो आँधीको सामना गर्न भियाना डो कास्टेलो देखि सेतुबलसम्मको सम्पूर्ण तटरेखामा […]

लिस्बन (पोर्चुगल) — “तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) आइतबार लिस्बनमा भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका नेपालीहरूको बाक्लो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै देशको उत्तरी सहर पोर्टोमा दुई दिने विशेष घुम्ती शिविर (कन्सुलर क्याम्प) सफलतापूर्वक सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेका र व्यस्तताका कारण दूतावाससम्म धाउन असमर्थ नेपालीहरूको बाध्यतालाई मध्यनजर गर्दै, दूतावासले यही जनवरी २४ र २५ तारिखमा यो शिविर सञ्चालन गरेको […]

पोर्चुगल — नेपालमा गत माघ १ गतेदेखि प्रदर्शनमा आएको चर्चित नेपाली कथानक चलचित्र ‘गोबर गणेश’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रलाई गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा पोर्चुगलमा प्रदर्शन गर्न लागेका हुन् । राजधानी लिस्बनस्थित प्रतिष्ठित ‘सिनेमा आइडल’ हलमा […]

पोर्चुगल — पोर्चुगलमा आइतबार, २५ जनवरी २०२६ को दिन मौसम निकै चुनौतीपूर्ण रहने पूर्वानुमान गरिएको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) का अनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात, र समुद्रमा विशाल छालहरूको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । सबैभन्दा गम्भीर चेतावनी तटीय क्षेत्रहरूका लागि जारी गरिएको छ । मध्यरातसम्म […]

पेरिस — फ्रान्सको फिनिस्टेर क्षेत्रमा शुक्रबारदेखि सुरु भएको शक्तिशाली ‘इन्ग्रिड’ आँधीले व्यापक क्षति पुर्‍याएको छ । शनिबार बिहान आँधीको प्रभाव कम हुँदै जाँदा स्थानीय बासिन्दा र अधिकारीहरूले क्षतिको मूल्याङ्कन सुरु गरेका छन् । तटीय क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टा र भित्री भागमा ११० किलोमिटर प्रतिघण्टाभन्दा बढीको वेगमा आएको विनाशकारी हावाहुरीले जनजीवन नराम्ररी प्रभावित बनाएको छ भने […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा शनिबार बिहानैदेखि आएको शक्तिशाली आँधी ‘इन्ग्रिड’ले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, आँधीका कारण कास्केस र पेनिचे लगायतका क्षेत्रमा गरी कम्तीमा १७ जना विस्थापित भएका छन् भने एक जना घाइते भएका छन् । खराब मौसम र समुन्द्रमा आएको […]