Home Login

रसुवा, उत्तरगया —  जाडोको बढ्दो प्रभावसँगै विद्यार्थीहरूलाई राहत दिने र पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले रसुवाको एक सामुदायिक विद्यालयमा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । विशेषगरी ग्रामीण भेगका बालबालिकाहरूलाई जाडो मौसममा […]

अध्यागमन विभागले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको ‘डिजिटल ट्रयाकिङ’ का लागि नयाँ प्रणाली सुरु गरेको छ । बिहीबार आयोजित एक समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विधिवत शुभारम्भ गरे । यस प्रणालीले नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विभागले […]

काठमाडौँ —  सन् २०२५ मा नेपालमा साढे ११ लाख पर्यटकहरू नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  यो आगमन सङ्ख्या अघिल्लो वर्ष सन् २०२४ को तुलनामा केही मात्रै हो । २०२४ मा ११ लाख ४७ हजार […]

ब्रसेल्स — विश्वभरका पत्रकारहरूको छाता सङ्गठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्स (IFJ) ले सन् २०२५ मा मारिएका पत्रकार तथा मिडिया पेशेवरहरूको अन्तिम सूची सार्वजनिक गरेको छ, जसको नतिजा अत्यन्तै दुःखद र भयानक देखिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार, बीतेको वर्ष विश्वभर कुल १ सय २८ जना पत्रकार तथा सञ्चारकर्मीले आफ्नो ज्यान गुमाएका छन् । यो तथ्याङ्कले […]

कतार —  कतारी अमिरले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएका छन् । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई आममाफी दिइएको हो । नेपाल सरकारले कतारको यस मानवीय कदमप्रति कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस आममाफीलाई नेपाल र कतारबीचको गहिरिँदै गएको मित्रता र सौहार्दपूर्ण […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बन, जहाँ युरोपका विभिन्न संस्कृतिहरूको संगम हुन्छ, त्यहीँको ऐतिहासिक रोसियो क्षेत्रमा गए राति अभूतपूर्व उत्साहका साथ नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । सन् २०२५ को अन्तिम साँझ अर्थात् डिसेम्बर ३१ तारिखको घडीमा बेलुकी ९ बजे नबज्दै रोसियो स्क्वायर मानिसहरूको बाक्लो उपस्थितिले भरिभराउ भइसकेको थियो । लिस्बन महानगरपालिकाले विशेष […]

इन्दिरा चाम्लिङ  एन्त्रोपेन (बेल्जियम) — तमु समाज बेल्जियमको आयोजनामा गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प बर्गको बिदाई र घोडा बर्गलाई स्वागत) विशेष कार्यक्रमका साथ एन्त्रोपेनमा सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन प्रमुख आतिथ्यता बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत लम्सालले प्रवासमा […]

जसमान दर्नाल जिवन (क्रोएसिया) — वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि युरोपेली मुलुक क्रोएसियामा संघर्षरत युवा गायक मनि काफ्लेले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो नयाँ सांगीतिक सिर्जना दर्शक तथा श्रोतामाझ ल्याएका छन् । परदेशको व्यस्त दैनिकी र संघर्षका बीच पनि नेपाली संगीतप्रतिको अगाध प्रेमलाई जीवित राख्दै उनले ‘शुन्यता’ बोलको नयाँ म्युजिक भिडियो […]

लिस्बन (पोर्चुगल) — क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को उल्लासमय अवसर पारेर पोर्चुगलको लिस्बनमा आयोजित प्रतिष्ठित ‘प्रथम भिजन गोल्डकप २०२५’ फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पोर्चुगलमा सक्रिय फुटबल क्लब ‘भिजन एफसी’ को आयोजना र ‘हिर बास्मती’को मुख्य प्रायोजनमा सञ्चालित यो ७-ए-साइड फुटबल महाकुम्भ गत आइतबार, डिसेम्बर २८ का दिन लिस्बनस्थित ‘क्याम्पो […]

लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारी र बसोबासका सिलसिलामा लामो समयदेखि पोर्चुगलको राजधानी लिस्बनमा सपरिवार बस्दै आउनुभएका ४५ वर्षीय शिव प्रसाद पौडेलको असामयिक निधन भएको छ । नेपालमा बर्दिया जिल्ला स्थायी घर भएका पौडेलको निधनले पोर्चुगलस्थित नेपाली समुदाय शोकमा डुबेको छ । विगत लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि पौडेल नियमित उपचारको क्रममा हुनुहुन्थ्यो । बिरामी भएकै […]