Home Login

म्यानचेस्टर — इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई पदबाट बर्खास्त गरेको छ । यो निर्णयसँगै ओल्ड ट्राफोर्डमा अमोरिमको १ वर्ष २ महिना लामो प्रशिक्षण यात्रामा पूर्णविराम लागेको छ । क्लबले जारी सिजनको बाँकी खेलहरूमा सुधारिएको प्रदर्शनको अपेक्षासहित नेतृत्व परिवर्तनको कठोर निर्णय लिएको हो । सन् २०२४ को नोभेम्बरमा ठूलो […]

पोर्चुगल — चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी आफ्नो एक महिना लामो युरोपको सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् । ‘रमाइलो युरोप टुर’ नाम दिइएको यो विशेष सांगीतिक अभियान सकेर कलाकारको टोली जनवरी १ तारिख (बिहीबार) नेपाल फर्किएका हुन् । विशेष गरी युरोपमा रहेका नेपाली डायस्पोरालाई […]

पोर्चुगल — भेनेजुएलामा उत्पन्न पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिलाई लिएर पोर्चुगिज सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक विशेष आधिकारिक वक्तव्य जारी गरेको छ । प्रधानमन्त्री र पोर्चुगिज सरकारले भेनेजुएलाको संकट सुरु भएदेखि नै गणतन्त्रका राष्ट्रपतिसँगको निकट समन्वयमा स्थितिको निरन्तर र सुक्ष्म अनुगमन गरिरहेको स्पष्ट पारेका छन् । सरकारले यो निगरानी प्रक्रियालाई प्रभावकारी बनाउन काराकासस्थित पोर्चुगिज […]

पोर्चुगल — पोर्चुगलमा क्रियाशील नेपाली महिलाहरूको साझा तथा गौरवशाली संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को भोलि आइतबारका लागि तय गरिएको अधिवेशन स्थगित भएको छ । निर्वाचन समितिका संयोजक माया खरेलले आज एक सूचना सार्वजनिक गर्दै विविध कारणवश भोलिको पूर्वनिर्धारित कार्यक्रम रोक्नुपरेको जानकारी दिनुभएको हो । उहाँले संस्थाभित्र आवश्यक छलफल र थप तयारी गरेर अधिवेशनको नयाँ […]

पोर्चुगल — शनिबार, ३ जनवरी २०२६ को मौसम पूर्वानुमान अनुसार पोर्चुगलको दक्षिणी क्षेत्र, विशेष गरी फारो जिल्लामा मौसम प्रतिकूल रहने देखिएको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) ले फारो जिल्लाका लागि आज राति मध्यरातसम्मका लागि ‘यल्लो वार्निङ’ (पहेँलो सतर्कता) जारी गरेको छ । यस क्षेत्रमा कहिलेकाहीँ भारी वर्षा हुने, मेघगर्जन-सहितको आँधीबेहरी […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणका लागि एजेन्सी (एआईएमए) ले आप्रवासीहरूका लागि आफ्नो ठेगाना परिवर्तन वा अद्यावधिक गर्ने प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । धेरै आप्रवासीहरू कोठा वा घर सर्दा आफ्नो आधिकारिक विवरण कसरी सच्याउने भन्ने अन्योलमा परिरहेका बेला, एआईएमएले हालै जारी गरेको सूचनाले यस प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र छिटो बनाउने मार्ग […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणका लागि एजेन्सी (एआईएमए) ले निवास अनुमति नवीकरण गर्न चाहने आप्रवासीहरूका लागि एउटा महत्त्वपूर्ण सूचना जारी गरेको छ । एजेन्सीले नवीकरण प्रक्रियालाई सुचारु रूपमा अघि बढाउनका लागि आवेदकहरूले आफ्नो सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) एजेन्सीको डाटाबेसमा अनिवार्य रूपमा दर्ता गरेको हुनुपर्ने कुरालाई पुनः स्मरण गराएको हो। यदि तपाईंको NISS एआईएमएको […]

भ्रोस्वाव (पोल्यान्ड) — जर्मनीस्थित नेपाली राजदूतावासले पोल्यान्डको भ्रोस्वाव सहरमा सञ्चालन गरिरहेको राहदानी तथा कन्सुलर घुम्ती शिविरको समय अवधि एक दिन थप गरेको छ । शिविरमा सेवाग्राहीको अत्यधिक चाप बढेपछि र धेरै सेवाग्राहीहरू सेवा लिनबाट वञ्चित हुने अवस्था आएपछि दूतावासले तत्कालै निर्णय लिँदै शिविरको समय लम्ब्याएको हो । दूतावासले यसअघि नै पूर्व निर्धारित कार्यक्रम अनुसार जनवरी […]

सोफिया (बुल्गेरिया) —  नयाँ वर्षको सुरुवातसँगै बुल्गेरियाले युरोपेली संघको एकल मुद्रा ‘युरो’ लाई आफ्नो आधिकारिक मुद्राको रूपमा अँगालेको छ। यो ऐतिहासिक कदमसँगै बुल्गेरिया युरो क्षेत्र (युरोजोन) को २१औँ सदस्य राष्ट्र बन्न सफल भएको छ । लामो समयदेखिको तयारी, आर्थिक सुधार र मापदण्डहरूको पालनापछि यो बाल्कन राष्ट्रले अन्ततः आफ्नो राष्ट्रिय मुद्रा ‘लेभ’ लाई विदा गर्दै युरोपेली […]

नर्वे — नर्वेको राजधानी ओस्लोमा ढाका टोपी दिवस–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । माङ्ग्फ़ोल्ड नेपाल–नोर्गे, नेपाली पोर्चुगिज समाज नर्वे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम जनवरी १, २०२६ का दिन ओस्लोस्थित नेपाली रेस्टुरेन्ट रोयल तन्दुरी, नर्वेमा आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल […]