Home Login
प्रवास

पोर्चुगलको लिस्बनमा बर्दियाका शिव प्रसाद पौडेलको असामयिक निधन

लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारी र बसोबासका सिलसिलामा लामो समयदेखि पोर्चुगलको राजधानी लिस्बनमा सपरिवार बस्दै आउनुभएका ४५ वर्षीय शिव प्रसाद पौडेलको असामयिक निधन भएको छ । नेपालमा बर्दिया जिल्ला स्थायी घर भएका पौडेलको निधनले पोर्चुगलस्थित नेपाली समुदाय शोकमा डुबेको छ ।

विगत लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि पौडेल नियमित उपचारको क्रममा हुनुहुन्थ्यो । बिरामी भएकै कारण उहाँलाई उपचारका लागि अस्पताल समेत लगिएको थियो र उहाँ निरन्तर स्वास्थ्य लाभको प्रयासमा हुनुहुन्थ्यो । तर, लामो समयदेखिको स्वास्थ्य सङ्घर्षका बाबजुद गत शनिबार बिहान ६:३० बजे उहाँको निधन भएको प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले जानकारी दिनुभयो ।

पौडेल विगत लामो समयदेखि आफ्ना परिवारका सदस्यहरूसँगै लिस्बनमा बसोबास गर्दै आउनुभएको थियो । परदेशमा सपरिवार रमाइरहेको र सङ्घर्ष गरिरहेको अवस्थामा उहाँको यो अप्रत्याशित र अकल्पनीय विछोडले परिवारजनलाई गहिरो पीडा दिएको छ भने इष्टमित्र तथा शुभचिन्तकहरू स्तब्ध भएका छन् ।

उहाँको निधनप्रति पोर्चुगलमा रहेका विभिन्न नेपाली सङ्घसंस्था तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

Leave a Reply