Home Login

पोर्चुगल — ग्लोब सकर अवार्ड २०२५ मा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मिडिल इस्ट प्लेयर’ अर्थात् मध्य पूर्वका उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले आफ्नो अद्भुत लयलाई कायम राख्दै यो महत्त्वपूर्ण उपाधि हात पारेका हुन् । अल नासरसँगको अविश्वसनीय सिजन र उत्कृष्ट प्रदर्शनका कारण उनलाई यो […]

नर्वे — मगर संघ नर्वेले आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मगर भाषा तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संघले “हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम २०२६ जनवरी ११ तारिख, आइतबार दिउँसो ठीक […]

एन बी अन्जान (पोर्चुगल) — तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ आज पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष विकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, साहित्यकार तथा अनेसास पोर्चुगलका सल्लाहकार आर.पी. […]

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती,इजिप्टियन ,भारतीय तथा अन्य समुदायको पनि  सहभागिता थियो । संस्थाले  यसअघि सम्पन्न रक्तदान कार्यक्रम र पहिलो […]

लन्डन —  सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान, संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ ।सहभागीहरूलाई सोही […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा क्रियाशील नेपाली महिलाहरूको साझा तथा गौरवशाली संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ले आफ्नो पाँचौं ऐतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने भएको छ । प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, महिला सशक्तिकरण र सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले आगामी जनवरी ०४ तारिख आइतबारका दिन अधिवेशनको साथसाथै अंग्रेजी नयाँ वर्ष २०२६ […]

पोर्चुगल — आप्रवासन र शरणसम्बन्धी एजेन्सी (एआईएमए) ले पोर्चुगलमा बसोबास गरिरहेका विदेशी नागरिकहरूको आवासीय अनुमतिपत्र (रेसिडेन्सी कार्ड) नवीकरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशन तथा जानकारीहरू सार्वजनिक गरेको छ । विशेषगरी ‘नविकरण पोर्टल’ मार्फत आफ्नो आवासीय अनुमतिपत्र नवीकरणको प्रक्रिया सुरु गरिसकेका व्यक्तिहरूका लागि एजेन्सीले कानुनी सुरक्षा र प्रक्रियागत स्पष्टतामा जोड दिएको छ । […]

पोर्चुगल — पोर्चुगलमा बसोबास गरिरहेका आप्रवासीहरू, विशेषगरी जसको आवासीय अनुमति पत्र (रेसिडेन्सी कार्ड) को म्याद सकिएको छ, उनीहरूका लागि एउटा महत्त्वपूर्ण र राहतपूर्ण जानकारी सार्वजनिक भएको छ । नयाँ स्पष्टीकरण अनुसार, सन् २०२५ को जुन ३० सम्म म्याद सकिएका आवासीय अनुमति पत्र भएका व्यक्तिहरूले अब सन् २०२६ को अप्रिल १५ सम्म पोर्चुगलमा कानुनी रूपमा निर्धक्क […]

लिस्बन — पोर्चुगलको मौसम तथा समुद्र विज्ञान संस्थान (IPMA) ले आज शनिबार, २७ डिसेम्बरका लागि देशका विभिन्न भागहरूमा गम्भीर मौसमको पूर्वानुमान गरेको छ । संस्थानले भारी वर्षा, तीव्र गतिको हावा, हिमपात र अत्यधिक चिसोको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न जिल्लाहरूमा सतर्कता अपनाउन ‘पहेंलो चेतावनी’ जारी गरेको छ । देशको दक्षिणी क्षेत्रमा मौसम प्रतिकूल रहने देखिएको छ […]

निकोसिया (साइप्रस) —  साइप्रस सरकारले राष्ट्रिय न्यूनतम पारिश्रमिक १ हजार ८८ युरो तोक्ने निर्णय गरेसँगै देशको औद्योगिक क्षेत्रमा एक प्रकारको ‘ज्याला युद्ध’ सुरु भएको छ । मन्त्रिपरिषद्ले गरेको यो नयाँ निर्णयले श्रमिक युनियन र रोजगारदाता दुवै पक्षबाट तीव्र प्रतिक्रिया निम्त्याएको छ, जसले गर्दा नवनियुक्त श्रममन्त्री मारिनोस मौसिओटासले आफ्नो कार्यकालको सुरुवातमै ठूलो चुनौती वा ‘आगोको बप्तिस्मा’को […]