Home Login

जसमान दर्नाल जिवन (जाग्रेब, क्रोएसिया) — म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति क्रोएसियाको मुख्य आयोजनामा सञ्चालित ‘तेस्रो मोना भलिबल कप’ सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो खेल कौशल प्रदर्शन गर्न र नेपालीहरुबीचको एकतालाई मजबुत बनाउन आयोजना गरिएको यो प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ […]

काठमाडौँ — मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरे सङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एक आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेष गरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा छन् ।  ती मध्य अहिले ‘फेसबुक मोनिटाइजेसन सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ ।  यस प्रकारका […]

साइप्रस — सन् २०२६ को पहिलो छ महिनाका लागि युरोपेली संघ (ईयु) परिषद्को अध्यक्षता सम्हाल्नुभन्दा ठीक दस दिन अघि, साइप्रस सरकारले आफ्नो आगामी कार्यकालको विस्तृत कार्ययोजना र आधिकारिक लोगो सार्वजनिक गरेको छ । साइप्रसको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पानो लेफकारास्थित सम्मेलन केन्द्रमा, गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडौलाइड्सको विशेष उपस्थितिमा साइप्रस ईयू प्रेसिडेन्सी सचिवालयले एक भव्य […]

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् । सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट […]

निकोसिया — विश्वव्यापी गतिशीलता र कर स्वतन्त्रताको मापन गर्ने प्रतिष्ठित ‘नोम्याड पासपोर्ट इन्डेक्स २०२६’ मा साइप्रसको राहदानीले ठूलो फड्को मारेको छ । बुटीक कर तथा आप्रवासन परामर्शदाता संस्था ‘नोम्याड क्यापिटलिस्ट’ द्वारा प्रकाशित दशौं वार्षिक संस्करणको प्रतिवेदन अनुसार, साइप्रस विश्वव्यापी रूपमा पाँचौं स्थानमा पर्न सफल भएको छ । यो नतिजाले साइप्रसलाई लगानीकर्ता र विश्वव्यापी रूपमा सक्रिय […]

निकोसिया (साइप्रस) — साइप्रस प्रहरीले मुलुकभर अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई लक्षित गर्दै आइतबार बिहानैदेखि एक विशेष र समन्वित अभियान सञ्चालन गरेको छ । एलियन्स एण्ड इमिग्रेशन सर्भिसको नेतृत्वमा गरिएको यस व्यापक धरपकडका क्रममा विभिन्न तेस्रो मुलुकका ३१ जना नागरिकहरूलाई नियन्त्रणमा लिइएको छ । अधिकारीहरूका अनुसार यो कारबाही देशका प्रमुख जिल्लाहरू निकोसिया, लार्नाका, लिमासोल […]

जसमान दर्नाल, जिवन (क्रोएसिया) — युरोपेली श्रम बजारमा पछिल्लो समय आकर्षक गन्तव्य बनिरहेको क्रोएसियाले विदेशी कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि कडा निगरानी सुरु गरेको छ । आफ्नो देशको श्रम बजारलाई व्यवस्थित, न्यायोचित र स्थायी बनाउने उद्देश्यसहित क्रोएसिया सरकारले विदेशी कामदारसम्बन्धी नियमहरूमा व्यापक कडाइ गरेको हो । विशेष गरी अवैध रूपमा हुने कामलाई निरुत्साहित गर्न […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

एथेन्स, ग्रीस — पछिल्लो २४ घण्टामा ग्रीसको दक्षिणी टापु क्रेट र यसको छिमेकी सानो टापु गाभ्डोसमा आप्रवासीहरूको आगमन ह्वात्तै बढेपछि यहाँको तटीय सुरक्षा संयन्त्रमा कडा दबाब सिर्जना भएको छ । सुधारिएको मौसम र मानव तस्करहरूले बाटो परिवर्तन गरेका कारण यस क्षेत्रमा सयौंको संख्यामा आप्रवासीहरू ओइरिन थालेका हुन् । शुक्रबार र त्यसपछिको रात क्रेटको तटीय क्षेत्रमा […]

सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगिज फ्यानहरूमा देखिएको उत्साहले टिकटको उच्च मूल्यलाई समेत ओझेलमा पारिदिएको छ । पोर्चुगिज फुटबल महासंघ (FPF) लाई उपलब्ध गराइएका समूह चरणका तीनवटै खेलका टिकटहरू अत्यधिक मागका कारण पूर्ण रूपमा ‘बिक्री’ भइसकेको (ओभर सब्स्क्राइब भएको) छ । महासंघ निकट स्रोतले दिएको जानकारी अनुसार, महँगो मूल्यको पर्वाह नगरी पोर्चुगिज […]