Home Login

नर्वे — नेपाली पोर्चुगिस समाज-नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशन डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् । महासचिवमा प्रवर्ता पन्थी गैह्रे, […]

नर्वे — ओस्लोस्थित नेपाली चर्चमा क्रिसमस उत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ । प्रभु येशू ख्रीष्टको जन्मको स्मरणमा आयोजित कार्यक्रममा नेपाली ख्रीष्टियन समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष आराधना, भजन–कीर्तन, प्रार्थना तथा आत्मीय संगतिका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले क्रिसमसको साँचो अर्थ—प्रेम, शान्ति, करुणा र आशाको सन्देश—लाई आत्मसात् गर्दै उत्सव […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको आप्रवासन तथा शरणार्थी मामिला हेर्ने निकाय ‘एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एण्ड एसाइलम’ (एआईएमए) ले CPLP (पोर्तुगाली भाषा बोल्ने देशहरूको समुदाय) आवास अनुमति पत्र वाहकहरूका लागि एउटा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । एजेन्सीले विशेष गरी सन् २०२६ को जनवरी र फेब्रुअरी महिनामा म्याद सकिन लागेका आवास अनुमति पत्रहरू नवीकरण वा नियमित […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्‍याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो । दूतावासले […]

ओस्लो (नर्वे) — ४ भाइ इभेन्ट नर्वे द्वारा आयोजित ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२५’ विशेष सांस्कृतिक कार्यक्रम नर्वेको राजधानी ओस्लोमा डिसेम्बर २२, २०२५ का दिन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालबाट युरोप सांगीतिक यात्रामा आएका लोकप्रिय लोकगायक तथा सर्जक खेम सेन्चुरी ले कार्यक्रममा आफ्ना चर्चित गीतहरू पानको पात, ढले ढले, अरेली […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

लिस्बन (पोर्चुगल) —  क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लिस्बनको अल्कान्तारामा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा कार्यालय केही दिनका लागि बन्द रहने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै बिदा र सेवा पुनः सञ्चालन हुने मितिबारे जानकारी गराएको हो । जारी सूचना अनुसार, डिसेम्बर २४ तारिखदेखि कार्यालयका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् […]

लिस्बन (पोर्चुगल) — विगतमा एकपछि अर्को सफल कार्यक्रमहरू सम्पन्न गर्दै समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था ‘लिमिटलेस’ ले पोर्चुगलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भव्य कार्यक्रम ‘ठमेल नाइट’ आयोजना गर्ने भएको छ । परदेशमा रहेर पनि नेपाली उत्सवको झझल्को दिने र आपसमा खुसी साटासाट गर्ने उद्देश्यले आउँदो डिसेम्बर ३१ तारिखका दिन यो […]

काठमाडौं — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युरोपेली मुलुक पोर्चुगल र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० मा बसोबास गर्दै आएका तनहुँका ३२ वर्षीय रोविन जीआर र काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्ने ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगर रहेका छन् । उनीहरूलाई […]