Home Login

साइप्रस — युरोपेली मुलुक साइप्रसमा श्रम संस्कृति महा-अभियान पार्टीले आफ्नो सांगठनिक विस्तार गरेको छ । गत आइतबार लिमासोलस्थित मोलोस पार्कमा सम्पन्न एक विशेष भेलाले कौशिला देवानको अध्यक्षतामा ५१ सदस्यीय प्रवास समिति गठन गरेको हो । रोजगारीका सिलसिलामा प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षण र श्रमको सम्मान स्थापित गर्ने मूल उद्देश्यका साथ यो समिति निर्माण गरिएको […]

पोर्चुगल — नेपाल र पोर्चुगलबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित परराष्ट्र सचिव अमृतबहादुर राई भोलि मंगलबार पोर्चुगल प्रस्थान गर्दैछन् । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र फराकिलो बनाउन गठन गरिएको ‘नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठकमा सहभागी हुन सचिव राईको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल लिस्बन जान लागेको हो । सन् २०१८ मा […]

पोर्चुगल — पोर्चुगलमा सम्पन्न २०२६ को राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । आँधीबेहरी र खराब मौसमका कारण स्थगित भएका स्थानहरूमा फेब्रुअरी १५, आइतबार मतदान सम्पन्न भएसँगै एन्टोनियो जोसे सेगुरो गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएका छन् । यो अन्तिम चरणको नतिजाले सेगुरोको जितलाई थप फराकिलो र सुनिश्चित बनाएको छ । प्राकृतिक विपत्तिका कारण आठ वटा […]

ग्रीस — विश्वव्यापी रुपमा आई रहेको आप्रवासनको परिवर्तनसंगै हरेक सम्पन्न देशहरुले दक्ष कमदार मात्रै भित्र्याउने रणनीति अनुरुप गोल्ड कार्डहरु प्रयोगमा ल्याउन थालेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटो रकम तिरेर गोल्ड कार्ड लिन सकिने व्यवस्था गरेपछि विश्वभरी नै त्यो प्रचलन शुरु भएको छ । जसमा यूरोपेली राष्ट्र ग्रीसले पनि विशेष व्यवस्था गरेर गोल्ड कार्ड […]

पोर्चुगल — पोर्चुगलको राष्ट्रिय फुटबल टोलीले आउँदो जुन १० मा लेइरियाको ‘मगाल्हेस पेसोआ स्टेडियम’ मा एउटा विशेष मैत्रीपूर्ण खेल खेल्ने भएको छ । विश्वकप यात्रा सुरु हुनुभन्दा ठीक अघि खेलिने यो अन्तिम खेल केवल अभ्यासका लागि मात्र नभई, हालैको प्राकृतिक विपद्बाट पिल्सिएका लेइरियाका जनताहरूप्रति ऐक्यबद्धता जनाउन आयोजना गर्न लागिएको हो । केही हप्ताअघि आएको विनाशकारी […]

पोर्चुगल — पोर्चुगलको पर्यटकीय सहर पोर्टिमओले यस वर्षको आधिकारिक चिनियाँ नयाँ वर्ष समारोहको भव्य आयोजना गर्ने भएको छ । फेब्रुअरी २० देखि २८ सम्म चल्ने यो साताव्यापी उत्सवमार्फत ‘घोडा वर्ष’ को स्वागत गरिनेछ । पोर्चुगलस्थित चिनियाँ दूतावास र पोर्टिमओ सिटी काउन्सिलको संयुक्त आयोजनामा हुने “ह्याप्पी चाइनिज न्यु इयर” कार्यक्रमले सहरको पुरानो माछा बजार र नदी […]

हेलसिन्की — स्टार्टअपको नयाँ सोच र जोस बोकेर पनि लगानी, सही मार्गदर्शन र नेटवर्कको अभावमा अलमलिएका नेपाली युवा उद्यमीहरूलाई लक्षित गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा एक ऐतिहासिक सम्मेलनको आयोजना हुने भएको छ । आगामी मार्च १३ तारिखका दिन आयोजना हुन लागेको ‘बाटो समिट २०२६‘ ले युरोपमा रहेका नेपाली डायस्पोराको उद्यमशीलता यात्रामा एक कोसेढुङ्गा सावित हुने अपेक्षा […]

पोर्चुगल — टुरिस्मो डे पोर्चुगलले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई तीव्रता दिन एक विशेष रणनीतिक सत्रको आयोजना गर्ने भएको छ । ‘पर्यटन २०३० मा जलवायु कार्यको एजेन्डा’ को विकासको एक अभिन्न अंगको रूपमा आयोजना हुन लागेको यो कार्यक्रमले भविष्यको पर्यटन रणनीति २०३५ सँग मेल खाने गरी नयाँ कार्य दिशाहरू तय […]

साइप्रस — युरोपेली संघ (ईयु) मा साइप्रस खाद्यान्न फोहोर फाल्ने सूचीको शीर्ष स्थानमा परेको छ, जसले गम्भीर वातावरणीय र सामाजिक चुनौतीहरू निम्त्याएको छ । वातावरण आयुक्त एन्टोनिया थियोडोसियोले हालै आयोजित ‘माइन्ड रिसेटर’ प्रतियोगिताको पुरस्कार वितरण समारोहमा यस तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै राज्यले यो समस्यालाई गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँका अनुसार, यो केवल तथ्याङ्कको विषय […]

इटाली — इटाली सरकारले आप्रवासन नियन्त्रणलाई थप कडा बनाउने उद्देश्यसहित नयाँ र सख्त प्रावधानहरू भएको विधेयक अघि बढाएको छ । बुधबार (फेब्रुअरी ११) राति बसेको मन्त्रिपरिषद्को बैठकले आप्रवासीहरूको अनधिकृत प्रवेश रोक्न र कानुनी प्रक्रियालाई जटिल बनाउन तयार पारिएको उक्त मस्यौदालाई औपचारिक रूपमा अनुमोदन गरेको हो । यो कदमलाई इटालीको आप्रवासन नीतिमा ठूलो र कडा परिवर्तनका […]