नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, श्याम परियारलाई महासचिवमा, चण्डिका पौडेललाई सचिवमा, राघवचन्द्र अधिकारीलाई कोषाध्यक्षमा चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा रमेश गौतम, पशुपति प्रसाद भण्डारी, होमनाथ अधिकारी, प्रियंका सुवेदी, अनिल तिवारी, कुलचन्द्र बस्नेत, प्रतीक पौडेल, एस.पी. मरासिनी, दीपक सापकोटा, रोनिया खड्का सापकोटा, खेमब्रसाद भट्टराई रहनु भएको छ ।
समारोहमा प्रमुख अतिथिले पुरानो समितिलाई धन्यवाद र नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै, रचनावाचन समेत गर्नुभएको थियो भने सहभागीहरू भर्चुअल माध्यमबाट समेत जोडिनुभएको थियो ।
विष्णुमायाले संस्थालाई आफ्नो सन्तानजस्तै माया गरी झन्डै एक दशकसम्म सँगाल्नुभएको छ । अब हामी ‘यो मन त मेरो नेपाली हो’ भन्ने भावना लिएर भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षणमा लाग्नेछौं, नव निर्वाचित अध्यक्ष राजेश सापकोटाले भने ।
हामी एक थोपाले समुन्द्र भेट्ने सपना देख्छौं, र तपाईंहरूको सहयोगमा पूरा विश्वास गर्नेछौं,” संस्थापक विष्णुमाया विभुले समारोहमा आफू संस्थाको संरक्षक र सन्तान भएकाले धन्यवाद दिँदै उहाँले आत्मीयतापूर्वक भाव व्यक्त गर्नुभयो । ‘सँधै नेपाली भाषा–साहित्य, कला र संगीतको सेवामा लागिरहने छु। नयाँ नेतृत्वलाई संस्थामा अगाडि बढ्न सधैँ सहयोग गर्नेछु,’ भनी आफ्ना रचना वाचन सहित कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।