Home Login
राष्ट्रिय

गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी र मेयर हेमकर्ण पौडेललाई लिस्बनमा स्वागत तथा विदाई कार्यक्रम

(गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी र मेयर हेमकर्ण पौडेललाई प्रेस युनियन युरोपका पदाधिकारी हरूले गरे स्वागत तथा विदाई कार्यक्रम)

पोर्चुगल — युरोप भ्रमणमा रहनुभएका गोरखापत्र संस्थानका महाप्रबन्धक, दुई दशकभन्दा बढी समयदेखी पत्रकारिता तथा सामाजिक कार्यमा सकृय, सस्थापक सभापति डडेल्धुरा प्रेस युनियन, पुर्व संयोजक, नेपाल प्रेस युनियनका लाल ब ऐरी र इटहरी उपमहानगरपालिकाका मेयर, युवा नेता हेमकर्ण पौडेललाई नेपाल प्रेस युनियन युरोपका पदाधिकारीहरूले पोर्चुगलको राजधानी लिस्बनमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् । जुन १३ तारिख शुक्रबार राजधानी लिस्बनमा एक कार्यक्रम गरी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल प्रेस युनियन युरोपका महासचिव प्रवल भट्टराई, युरोप शाखाका उपाध्यक्ष भरत प्रधान, केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, आँखीझ्याल डट.कमका सम्पादक नवराज दुवाडी, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृती र पत्रकार अमृत मरहठ्ठा उपस्थिति भएका थिए ।

कार्यक्रममा सबैले आफ्नो परिचय सहित अतिथिहरुलाई स्वागत र सम्मान गरेका थिए ।

Leave a Reply