Home Login

पुस्तक रेग्मी । पोर्चुगल — बाग्लुङ समाज पोर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको आयोजनामा जम्बु जेइरा दो मार हलामा चर्चित लोकदोहोरी गायक सुर्य खड्का एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । बाग्लुङ बजार आउका मायालु, गाउँले पाराले, बनमा खयर, ढुङ्गे धारा, घडि, चार बजेको आलाराम, हेराएर चिना, अभागी, दरवार, पञ्चैबाजा मन […]

युएई — अबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने र काम गर्ने सबै नेपाली नागरिकहरूलाई अनुशासन कायम राख्न, कार्यस्थल नैतिकता पालना गर्न र देशको कानून र नियमहरूको सम्मान गर्न आग्रह गर्दै एक जरुरी सूचना जारी गरेको छ। सूचनामा नेपाली कामदारहरूलाई आफ्नो कार्यस्थलमा व्यावसायिक व्यवहार प्रदर्शन गर्न र सार्वजनिक स्थानमा राम्रो आचरण कायम […]

बेलायत — लन्डनस्थित नेपाली दूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन आव्हान गरेको छ। शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीमाथि विभिन्न एजेन्टहरू मार्फत् ठगी भइरहेको सम्बन्धमा प्रकाशित समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाली विद्यार्थीहरू दशकौं देखि बेलायतका विश्वविद्यालय […]

मार्च ०९, आइतबार — न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन ट्रफीको उपाधि जितेको छ।आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो।  टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो। यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ […]

राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरि गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरेको आरोप लागेको पोर्चुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको थियो। एक वर्षअघि मात्रै नेपाल सरकारले […]

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित […]

काठमाडौं , फागुन २५ — इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो। लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक […]

ललितपुर, फाल्गुण २५ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार  प्रदीपकुमार राई  ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज […]

अशिम लोप्चन तामाङ । स्पेन — नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाली साँस्कृतिक प्रस्तुतिहरू सहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम नमस्ते बार्सिलोना २०२५ आयोजना गर्ने भएको छ। देशको कला संस्कृति, भेषभुषा, पर्यटन र पर्यावरणको प्रवर्द्धन […]

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय […]