पोर्चुगल — पोर्चुगलको इमिग्रेसन अफिस आइमा (AIMA) आवद्ध स्थानीय केन्द्र “सेन्टर फर द इन्टिग्रेशन अफ माइग्रेन्ट्स (CLAIM) को सेवा अब नियाल्प पोर्चुगलको कार्यालय लिस्बनबाट सुरु भएको छ ।
मंगलबार राजधानी लिस्बनमा रहेको नियाल्प कार्यालयमा एक कार्यक्रमका बीच आइमा पोर्चुगल संचालक समितिका अध्यक्ष डा. पेद्रो पोर्तुगाल गास्पर र नियाल्प पोर्चुगलका अध्यक्ष कमल भट्टराईले उक्त सेवाको औपचारिक रूपमा नियाल्प पोर्चुगलको कार्यालयमा उद्घाटन गरेका हुन् ।
नेपालीहरुद्वारा पोर्चुगलमा स्थापित संघसंस्थामा आइमा (AIMA) आवद्ध केन्द्र CLAIM को स्वीकृति पाउने नियाल्प पहिलो संस्था बनेको हो । पोर्चुगिज समाजमा नेपाली आप्रवासीहरूको एकीकरणको लागि संघसंस्थाको साझेदारीमा पहिलो पटक मार्टिम मुनिजमा सुरु भएको यो सेवाले पोर्चुगलमा बसाइ रोजेका सबै आप्रवासीहरूको एकीकरणलाई प्रवर्द्धन गर्न AIMA ले गरेको कामको प्रतिबिम्ब हो, ‘केन्द्रको उद्घाटन गर्दै आइमा अध्यक्ष पेद्रोले बताएका हुन् ।
CLAIM को केन्द्रबाट पाउने सेवा सबै नि:शुल्क हुने नियाल्प पोर्चुगलका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार, ‘नियाल्पले CLAIM को सेवा संचालनको स्वीकृति पाउनु पोर्चुगलमा रहेका समग्र नेपाली र अन्य आप्रवासीका लागि महत्त्वपूर्ण उपलब्धिको क्षण हो, ‘यसबाट आप्रवासी समुदायलाई धेरै सहजता मिल्ने र लाभान्वित हुने विश्वास लिएका छौं ।
केन्द्रले आप्रवासीको अन्तर्राष्ट्रिय हित तथा सुरक्षाका लागि आवेदकहरू सहित आप्रवासी नागरिकहरूको स्वागत, जानकारी र सहयोगका कार्यहरू नि:शुल्क सेवा प्रदान गर्नेछ ।
उद्घाटन कार्यक्रममा सामाजिक विभागका प्रमुख हुगो मार्केऔस, प्रोफेसर शिवकुमार सिंह, काजा दि इन्डियन एसोसिएसनका अध्यक्ष जोसे लुइस र नेपालीहरुको तर्फबाट गैरआवसीय नेपाली संघ आइसीसीका केन्द्रीय सदस्य राजकुमार थापा लगायत उल्लेख्य मात्रामा पोर्चुगिस मिडियाहरुको उपस्थिति रहेको थियो ।
CLAIM के हो र केन्द्रमा के के सेवा उपलब्ध हुन्छन् ?
CLAIM भनेको आप्रवासन उच्चायुक्तको कार्यालय अब २०२३ मा सिर्जना गरिएको एकीकरण, आप्रवासन र शरण एजेन्सी (AIMA) को हिस्सा हो। यस परिवर्तनका कारण, यो सेवाको लागि प्रक्रिया पुरानो हुन सक्छ । gov.pt पोर्टल अद्यावधिक गर्न AIMA सँग मिलेर काम गर्नु हो ।
स्थानीय आप्रवासी एकीकरण समर्थन केन्द्रहरू CLAIM विभिन्न क्षेत्रहरूमा आप्रवासीहरूलाई मद्दत गर्न डिजाइन गरिएका स्वागत, सूचना र समर्थन कार्यालयहरू वा ठाउँहरू हुन् ।
आप्रवासन स्थितिको नियमितीकरणहरु राष्ट्रियता, पारिवारिक पुनर्मिलन, आवास, काम, सामाजिक सुरक्षा, स्वैच्छिक फिर्ती, स्वास्थ्य, शिक्षा, उद्यमशीलता र संघहरूको लागि समर्थन गर्नु हो ।
Leave a Reply