जापान — जापानको अध्यागमनले ८ नेपालीलाई देश निकाला गरेको छ । लामो समयदेखि गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमन मार्फत निष्कासन गरिएको बताइएको छ ।
जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ । उनीहरूलाई थाइ एयरलायन्स र थाइ लायन एयरलायन्स, क्याथे प्यासिफिकको विमानबाट नेपाल फर्काइएको हो ।
उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ । जापान प्रहरीले अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ गरी सोधपुछपश्चात नेपाल डिपोर्ट गरेको हो । यद्यपि उनीहरूले कुन कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।
जापानले फागुनमा मात्रै १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको थियो । पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ । त्यस अगाडि पनि विभिन्न चरणमा ठूलो संख्यामा नेपालीहरु निष्काशित भएका थिए । विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन् ।
पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, जर्मनी, दक्षिण कोरया लगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरू माथि निगरानी बढाउँदै आएको कारण अबैध रुपमा त्यस्ता देशमा पुग्नेहरुमाथी कडा निगरानी र दोषी भेटिए डिपोर्ट सम्मका सजाय दिन थालिएको छ ।
जापानबाट यस अघि पनि पटक पटक अवैध कारोबार गर्ने र मानव तस्करी वा लुटपाट चोरी गरेको आरोपमा डिर्पोट भएको पाइएको छ ।