Home Login

युरोपाटी संवाददाता —  नेपालमा गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। सेभेन सीजले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन […]

अशिम लोप्चन तामाङ । स्पेन — स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ माल्टामा आउँदो मार्च ३० तारिखको दिन एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको माल्टा पुगेका खेल प्रेमी नेपालीहरूले उक्त प्रतियोगितामा सहभागी जनाउन सक्नुहुनेछ। […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]

विप्लव काफ्ले / स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए। नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । […]

अमेरिका — दुई नासा अन्तरिक्ष यात्री मंगलबार फ्लोरिडाको गल्फ कोस्टमा अवतरण गरेका छन्। उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा करिब नौ महिनासम्म बसेपछि पृथ्वीमा फर्किएका हुन्, जुन मूल योजना भन्दा लामो समय हो। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलले ती दुई अन्तरिक्ष यात्री— बुच विल्मोर र सुनिता विलियम्स—का साथै अन्य दुई जनालाई बोकेर फ्लोरिडाको गल्फ कोस्ट नजिकै तल्लाहासीको पानीमा […]

इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]

काठमाडौं । रविना थापाको संयोजकत्वमा एनआरएनए ६७ सदस्सीय केन्द्रिय  प्रचार प्रसार समिती गठन गरिएको छ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्च स्तरीय मुल समितीको निणर्य अनुसार आगामी मे महिनाको ३–५ तारिकमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता  महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बनाइएको  विभिन्न मुल उपसमिती मध्ये रविना थापाको संयोजकत्वमा […]

एलिया लिम्बु । साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]

इटाली — नेपालमा पछिल्ला वर्षहरूमा डिभोर्स दरमा व्यापक वृद्धि भएको छ । पछिल्लो १० बर्षमा तुलना गर्दा डिभोर्स ४४ प्रतिशतले बढेर गएको छ । नेपालमा दैनिक १०२ जना डिभोर्सका लागि अदालत जाने गरेकोमा ७४ जनाको डिभोर्स हुने गरेको छ । सन् २०१५ मा १३५५ जनाले डिभोर्स फाईल गर्ने गरेका थिए त्यो सख्या २०२० मा पुग्दा […]