Home Login

सुमन अधिकारी । मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए । आयोजक तथा व्यबस्थापक […]

युरोप — अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्। विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो।  सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए। जनवरीमा भारतबाट २० हजार […]

क्यानडा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे संगै जवाफमा क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । अमेरिकाले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो । सिएनएनका अनुसार क्यानडाले पनि अमेरिकामाथि २५ प्रतिशत नै कर लाउने भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा आज शनिवार पोर्चुगल आइपुगेका छन्। गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा लागि गायक लामा  पोर्चुगल आइपुगेका हुन्। राजधानी लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित गायक मिलन लामालाई स्वागत गर्नको […]

नेकपा( एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीले प्रवासको नयाँ जिम्मेवारी पाएका आफ्ना नेताहरूलाई स्वागत गरेको छ। एकीकृत समाजवादीले प्रवासलाई विशेष प्रदेश कमिटी सरहको मान्यता दिएको छ। अनलाइन भर्चुअलमार्फत भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा अन्य प्रवास इन्चार्ज श्रीप्रसाद शाह, पोलिटब्युरो सदस्य तथा सह इन्चार्ज गौतम राईलाई स्वागत गरिएको थियो। त्यसैगरी […]

युरोप — आकर्षक तलब सुविधाको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा प्रहरीले सल्यानका सुनिल दसौदी, काभ्रेपलाञ्चोकका विकास दवाडी, गोर्खाका सुरेन्द्र बिक र काठमाडौँकी विशाखा पौडेललाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये सुनिलले सर्बिया पठाइदिने भन्दै एकजना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ र […]

काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर […]

UAE – Human Limbu, a distinguished pastry and bakery chef from Nepal, has been honored with the prestigious Asia-Nepal International Hospitality Award for Lifetime Achievement and Innovative Boulangerie and Patisserie Chef. The award ceremony, organized by the Asia-Nepal International Hospitality Group and Shailee Media, took place at the luxurious Hilton Hotel Al Seef, Dubai. Limbu […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका खतरनाक आप्रवासीहरुलाई क्युबा स्थित ग्वान्टानामुखाडीमा रहेको अमेरिकी सैनिक बन्दी गृहमा पठाउन निर्देशन दिएका छन्। ट्रम्पले खतरनाक मानिएका आप्रवासीलाई ग्वान्टानामु अमेरिकी जेलमा राख्न चाँजोपाजो मिलाउन रक्षा र गृह मन्त्रालयलाई आदेश दिएका हुन्। आदेशमा ३० हजार आप्रवासी अट्ने सुविधा तयार गर्न भनिएको छ। ग्वान्टानामुखाडीमा रहेको यो जेल संसारकै खराब […]

रासस — राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् । विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम […]