Home Login
खेलकुद

माल्टामा एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला खेलकुद हुने

अशिम लोप्चन तामाङ

स्पेन — स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ माल्टामा आउँदो मार्च ३० तारिखको दिन एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको माल्टा पुगेका खेल प्रेमी नेपालीहरूले उक्त प्रतियोगितामा सहभागी जनाउन सक्नुहुनेछ।

खेलकुद मार्फत आफ्नो भाईचारा र सद्भावना कायम राख्न तथा आफ्नो कला भाषा संस्कृतीको प्रवर्धन गर्नका लागि एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको युरोपाटीलाई क्लबका संचालक आकाश गुरुङले बताए ।

एनएमफसि क्लबले माल्टामा आयोजना गरेको उक्त खेलकुद प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय ५५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्।

त्यस्तै दोस्रो हुनेले ७ सय ७७ युरो, ट्रफी, मेडल र प्रमाणपत्र समेत पाउने भएका छन्। मोस्टा फुटबल मैदानमा हुने उक्त खेलकुद प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने भएको हो। खेलकुद सम्बन्धी थप जानकारी चाहिएमा ९९०१५४४२ सम्पर्क गर्न समेत आयोजक एनएमएफसिका अध्यक्ष राजेन्द्र बिस्टले आग्रह आग्रह गरेका छन्।

Leave a Reply