Home Login

पुस्तक रेग्मी । काठमाडौं — विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार बढी नेपालीले नेपाल छाडेका छन्। अध्यागमन विभागले एक तथ्याङ्क जारी गर्दै ६६ हजार ८ सय ३५ जनाले नेपालबाट स्थायी बसोबासका लागि विदेश बसाइ सरेको जनाएको हो । तथ्याङ्क अनुसार यसरी बसाई सर्नेमा ३४,५४४ जना पुरुष र ३२,२८७ महिला छन्। सन् २०२३ को तुलनामा […]

आयरल्याण्ड— आयरल्याण्डको डब्लिन सहरमा रहेको होटल र्याडीसनमा तामाङ परिवार आयरल्याण्डद्वारा पहिलोपटक आयोजित सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्ब मञ्जुश्री सम्बत २८६१  डुल( सा- पुख्री ) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २८ मंगलबारकाको दिन लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको बेजोड प्रस्तुतीका […]

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा हवाई दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएर दुर्घटना भएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान सिंह तामाङ लगायत कार्यसमितिमा रहेका सबैले बिहीबार मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष लगायत कार्यसमितिमा रहेका सबैले युरोपाटीलाई बताए अनुसार, मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको पोर्चुगल लगायत विश्वभरि छरेर बसेका तामाङ तथा गैर तामाङहरूलाई शुभकामना […]

पोर्चुगल— मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ । तामाङ समाज पोर्चुगलका अध्यक्ष […]

आज जनवरी २९, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाल तामाङ घेदुङ मलेसियाले मनाइयो सोनाम ल्होछार — नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मन्जुश्री […]

काठमाडौँ —  नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ। बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो । महासंघको विज्ञप्तीमा अगुवा नागरिक संस्था […]

(एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित अन्तरक्रियामा व्यापक सहभागिता, आउँदो मे महिनामा एकता महाधिवेशनमा भाग लिन आह्वान) काठमाडौँ — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, […]

आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने  — चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा हुने भएको हो। तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा  उक्त साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक […]