प्रवास

नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्न : अध्यक्षमा प्रदिप ग्लान तामाङ

एलिया लिम्बु ।

साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका व्यक्तिहरू साइप्रस बाहिर रहेकाले विगत लामो समयदेखि उक्त संस्थाले केही काम कार्यहरू गरेको थिएन।

पछिल्लो समय अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपको साइप्रस जाने नेपालीहरूको संख्या बढ्दै आएको छ। साइप्रसमा बसोबास गर्ने नेपालीहरूमध्ये तामाङ जातिहरूको बहुमूल्यता धेरै भएकाले पछिल्लो पुस्ताहरूले उक्त स्थिर रहेको संस्थालाई निरन्तरता दिनको लागि गत आइतबार चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव सम्पन्न गरेको हो।

चौंथो अधिवेशनले प्रदिप ग्लान तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष नानी माया मोक्तान तामाङ, उपाध्यक्ष विजय स्याङ्बो तामाङ, गंगा माया तामाङ, महासचिव युवराज सिङ्तान तामाङ, सचिव अजय राज मोक्तान तामाङ, मौसमी तामाङ , कोषाध्यक्ष कमला दोङ तामाङ र सहकोषाध्यक्ष अरुण दोङ तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा सुमि ग्लान तामाङ, सान्नानी तामाङ, मुनी माया तामाङ, विशाल योन्जन तामाङ, सुरेश तामाङ, मनिषा तामाङ, पासाङ तामाङ, उमा तामाङ, चिनी तामाङ, रबिन तामाङ, विजय कुमार लामा, मिङमार तामाङ, सुदर्शन नेगी तामाङ, सागर तामाङ, गंगा तामाङ, सुकु माया तामाङ, बिकास थोकर तामाङ, चमेली तामाङ, शान्ति तामाङ, सुरज तामाङ, दिपेश गोले तामाङ, मुना तामाङ, सुर्य माया मोक्तान, सुर्य बहादुर तामाङ, प्रबिन तामाङ, प्रकाश तामाङ, सरस्वती तामाङ, जितेन तामाङ, अजय लामा, सुरज तामाङ, तारा घले, माया तामाङ, सोम बहादुर तामाङ, रोजन तामाङ, मान बहादुर तामाङ, कविता तामाङ, तारा तामाङ, लक्ष्मी तामाङ, राम बहादुर तामाङ, अन्जु लामा तामाङ, पूजा तामाङ, टुल्कु तामाङ र विजय तामाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *