Home Login

फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।   अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको […]

पोर्चुगल — फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो । अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक […]

युरोपाटी संवाददाता— युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, […]

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]

भारत —  युक्रेन विरुद्धको जारी युद्धमा रुसी सेनाको लागि लड्दा पक्राउ परेका सात नेपाली नागरिकलाई रिहा गर्न नेपालले युक्रेनी अधिकारीहरूलाई आग्रह गरेको छ। यी व्यक्तिहरूलाई रुसले भर्ती गरेको र युद्धभूमिमा तैनाथ गरिएको बताइएको छ, जहाँ उनीहरूलाई पछि युक्रेनी सेनाले बन्दी बनाएको थियो। नेपालका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँग […]

अशिम लोप्चन तामाङ । स्पेन — कोस्टाब्लान्का आल्टिया नगरपालिकाका डिएगो जारागोजी, (Diego Zaragozí, alcalde मेयर र नेपाल समाज एसोसिएसनका अध्यक्ष केसर बहादुर थापा , उपाध्यक्ष डा. सबिता पाठक बिच भेटबार्ता भएको छ। भर्खरै सम्पन्न नब निर्बाचित अध्यक्ष केसर बहादुर थापाले गुम्बा मन्दिर बारे उपयुक्त जग्गा र आपसि सम्झदारिमा हरेक दैनिक जसो नेपालिहरुको आगमनले पर्यटकहरुको निम्ति […]

युरोपाटी संवाददाता —  वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् । गत आर्थिक वर्षको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु […]

काठमाडौं । यस वर्षको सुरुमा चीनले लागूऔषध सम्बन्धी आरोपमा चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्। ती सबैसँग दोहोरो नागरिकता थियो र उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्। विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरिन् र थपिन् कि उनले […]

युरोपाटी संवाददाता —  नेपालमा गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। सेभेन सीजले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन […]

अशिम लोप्चन तामाङ । स्पेन — स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ माल्टामा आउँदो मार्च ३० तारिखको दिन एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको माल्टा पुगेका खेल प्रेमी नेपालीहरूले उक्त प्रतियोगितामा सहभागी जनाउन सक्नुहुनेछ। […]