Home Login

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]

पाफोस । साइप्रसको पाफोसबाट मध्यरातमा ४.९ रिक्टरको भुकम्पको तिव्र धक्का महसुस गरिएको छ । पाफोस लगायत विभिन्न ठाउँहरूमा पनि धक्का महसुस भएको EMSC ले बताएको छ।भूकम्प साइप्रसको समयअनुसार करिब १२:३० मा गएको थियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ।

(हरितालिका तीज नजिकिँदै गर्दा युरोपेली मुलुक पोर्चुगलमा पनि तीज विशेष कार्यक्रमहरू दमादम भैरहेको छ। चालीस,पचास हजारको हराहारीमा नेपालीहरू बसोबास गर्ने युरोपेली मुलुक पोर्चुगलमा नेपाली चाडबाडहरूमा थुप्रै कार्यक्रमहरू भइरहेको पाइन्छ)  युरोपेली मुलुक पोर्चुगलमा लगभग तीजको माहोल सकिसकेको छ भन्दा पनि फरक नपर्ला,किनभने अब सघ-संस्थाहरूले मनाउने तीज सकिसकेको छ।हुन त अझै तीज आउन चार पाँच दिन मात्रै […]

युरोप ।अगस्ट २०२४ मा, नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेखनीय बृद्धि भएको अनुभव गरेको छ।जसमा संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण योगदान रहेको बताएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिकाबाट ५,६१४ पर्यटकले नेपाल भ्रमण गरेका थियो,जसले अगस्ट २०२३ को तुलनामा पर्यटक संख्यामा समग्रमा ८.३ प्रतिशतले वृद्धि भएको हो । अगस्ट २०२४ मा कुल ७२,७१९ पर्यटकले नेपाल भ्रमण गरेका […]

पोर्चुगल । पोर्चुगलमा आज फेरी INEM को हेलीकप्टर मोन्डिम डे बास्टोमा दुर्घटना भएको छ। जहाजमा दुई पाइलट, एक डाक्टर र एक नर्स थिए।चोटपटक लागेको व्यक्तिहरूलाई भिला रियल अस्पतालमा लगिएको एक जिएनआरले बताए । INEM ले दुर्घटना १२:५५ मा भएको जानकारी दिएको छ।विमान – मोडेल AW139 – पीडितलाई उद्धार गर्न अवतरण गर्ने तयारी गरिरहेको थियो। तिन […]

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् । युरोपाटिसहित […]

जसमान दर्नाल जिवन । पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन। क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन। मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए […]

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले […]

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोरी मिडियाको आयोजनामा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र १५ गते शनिवार उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले सभापतित्वको आसनबाट बोल्नुहुँदै प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा […]

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका […]