अशिम लोप्चन तामाङ ।
स्पेन — नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाली साँस्कृतिक प्रस्तुतिहरू सहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम नमस्ते बार्सिलोना २०२५ आयोजना गर्ने भएको छ।
देशको कला संस्कृति, भेषभुषा, पर्यटन र पर्यावरणको प्रवर्द्धन गर्ने उद्धेश्यले प्रत्येक वर्ष गरिने कार्यक्रम गतवर्ष पनि भव्यताका साथ सम्पन्न भएको थियो।
उक्त कार्यक्रम आउँदा अप्रिल ६ तारिख आइतवारका दिन साँझ १५:३० बजेदेखि २०:३० बजेसम्म बार्सिलोनाको चर्चको अगाडी हुने भएको हो।
उक्त कार्यक्रममा नेपाल सम्बन्धी सूचना आदान-प्रदान, अन्तरदेशीय परिचय आदान-प्रदान, नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरुको वितरण, नेपाली पन्चै बाजाको साथमा नेपाली कला, संस्कृति तथा भेषभूषा, नेपाली खानाको स्टल, सहितका साँस्कृतिक प्रस्तुतिहरु हुने मंचका अध्यक्ष बिशाल ढुंगानाले बताए ।
अध्ययन तथा रोजगारको सिलसिलामा युरोपको स्पेन पुगेका नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुनको लागि समेत अध्यक्ष ढुंगानाले आग्रह गरेका छन्।
Leave a Reply