Home Login

(बार्सिलोनामा सम्पन्न चौथो अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गर्‍यो; युरोपभरका कलाकारलाई समेट्दै लोक संस्कृतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता ।) बार्सिलोना, स्पेन — नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको युरोपमा प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशन स्पेनको बार्सिलोनामा भव्यताका साथ […]

बुखारेस्ट (रोमानिया) — रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि रोमानियामा कार्यरत एक नेपाली युवकले आत्महत्या गरेका छन् । धादिङ जिल्ला धुनिवेशी नगरपालिका, वडा नं १ घर भएका २६ वर्षीय रोजन धितालले शुक्रबार आत्महत्या गरेको दुखद खबर प्राप्त भएको छ । जानकारी अनुसार, धिताल रोमानियाको सेक्टर–२ स्थित आफ्नै कोठामा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी […]

जर्मनी — पछिल्लो समय नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय प्रदर्शनले तीव्रता पाइरहेको छ । यसै क्रममा, गत अगस्तमा नेपालमा रिलिज भएको चलचित्र ‘मोहर’ को युरोपेली मुलुक जर्मनीमा विशेष प्रदर्शन हुने पक्का भएको छ । प्राप्त जानकारीअनुसार, चलचित्र आउँदो नोभेम्बर ८ तारिख, शनिबारका दिन जर्मनीको न्यू म्याक्सिम सिने हलमा प्रदर्शन गरिनेछ । प्रवासमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै […]

लिस्बन (पोर्चुगल) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा सञ्चालन गरेको दुईदिने विशेष घुम्ती कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नोभेम्बर १ र २ (शनिबार र आइतबार) मा सञ्चालित यस शिविरमार्फत सयौं नेपालीहरूले दूतावासबाट प्रदान गरिने अत्यावश्यक कन्सुलर सेवाहरू आफ्नै क्षेत्रबाट प्राप्त गरेका छन् […]

साइप्रस  —  युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले आउँदो नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गर्न लागेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ […]

युरोप — नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार […]

काठमाडौं — नारायणी कम्पलेस कालिमाटीमा  स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार  एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले  लामो  समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले  गरेको प्रगति देखेर मनै देखि खुशी महशुस […]

पोर्चुगल — शुक्रबार स्वर्गीय यमबहादुर राना मगरप्रति श्रद्धाञ्जली कार्यक्रम सम्मानपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए पोर्चुगलका आईसीसी सदस्य, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यहरू, विभिन्न समाजका प्रतिनिधिहरू को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सम्पन्नलगत्तै स्वर्गीय राना मगरको पार्थिव शरीर नेपाल पठाउने तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ । फ्युनरल सर्विसका अनुसार […]

युरोप — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद सोबिता गौतम युरोप भ्रमणमा जाने भएकी छिन् । उनी आगामी नोभेम्बर २ देखि १२ तारिखसम्म युरोपका विभिन्न देशहरूको भ्रमणमा निस्कन लागेकी हुन् । यो भ्रमण उनको “युरोप भ्रमण २०२५” अभियानको हिस्सा रहेको बताइएको छ । भ्रमणका क्रममा उनले युरोपका विभिन्न देशमा बसोबास गर्ने […]

पोर्चुगल — नेकपा पोर्चुगलको कार्यसमिति सचिवालय सदस्य, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका प्रेमचन्द्र भण्डारीको शवको अन्त्येष्टि पोर्चुगलमा सम्पन्न गरिएको छ । कार्यक्रम अत्यन्तै सामान्य र शालीन औपचारिकताका साथ सम्पन्न गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी शान्ता थापाले महाप्रस्थानका बेला तीनपटक ‘ॐकार’ उच्चारण गर्दै दिवंगत […]