Home Login

काठमाडौं , फागुन २५ — इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो। लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक […]

ललितपुर, फाल्गुण २५ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार  प्रदीपकुमार राई  ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज […]

अशिम लोप्चन तामाङ । स्पेन — नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाली साँस्कृतिक प्रस्तुतिहरू सहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम नमस्ते बार्सिलोना २०२५ आयोजना गर्ने भएको छ। देशको कला संस्कृति, भेषभुषा, पर्यटन र पर्यावरणको प्रवर्द्धन […]

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय […]

मलेसिया । बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन्। रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन्। मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए। ढगुन्ना १० वर्षअघि […]

काठमाडौं — नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।”नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि […]

पोर्चुगल — ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट […]

काठमाडौं — नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको योगदानको कदर गर्दै गृहिणी महिला संघ नेपालले उहाँलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संघले आज काठमाडौंमा आयोजना […]

रासस — थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]