Home Login
प्रवास

मोना क्रोएसियाको अधिवेशन तथा तिज विशेष कार्यक्रम भब्यता साथ सप्पन्न

जसमान दर्नाल, जाग्रेब — युरोपेली देश क्रोएसियाको राजधानी जाग्रेब स्थित स्थापित म्यादी प्रसासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती क्रोसिया (मोना) को दोर्सो वार्षिक उत्सव तथा अधिवेशन सहितको तिज सास्कृतिक कार्यक्रम भब्यताका सप्पन्न भएको छ ।

अगस्ट २४ आइतबार दिउँसो चार बजे जाग्रेब स्थित एक सभाहलमा नेपाली राष्ट्रिय धुन सहित सुरु भएको कार्यक्रमको गैरआवासिय नेपाली संघ (एनआरएनए) क्रोसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहु, मोनाकी अध्यक्ष सपना जुग्जाली, मोना क्रोसियाका सस्थापक अध्यक्ष तथा सल्लाहकार प्रमुख रामकृष्ण शर्मा, संरक्षक तेजु सुन्दास र पत्रकार महासघ युरोप शाखा सदस्य जसमान दर्नाल लगाएतका अतिथिले पानसमा दिप प्रज्वलित गरेर उद्घाटन गरेका थिए ।

अधिवेशनले सपना जुग्जालीको अध्यक्षतामा सम्पुर्ण टिम सर्व सहमतिले निर्वाचित गरेको छ । यसरी सर्व सर्वसहमतमा निर्वाचित हुनेमा उपाध्यक्ष – सन बहादुर रोका, च बहादुर जुग्जाली र  नारायण थापा छन ।

त्यसैगरी मोनाको नव निर्वाचुत महासचिव – राजेश केसी,सचिवमा हिरा कंडेल र ओमबहादुर क्षेत्री, कोषाध्यक्ष – ओम प्रकाश पुर्जा मगर, सह–कोषाध्यक्षमा   वीर बहादुर रत्न हुनुन्छ भने नव निर्वाचित  सदस्यहरूमा आशिष परियार-झिल्के, डोलेन्द्र ढुंगाना, विनोद सुवेदी, नबिन केसी, लक्ष्मण भण्डारी, धुर्ब खड्का, अन्जु फगामी, निशा मगर, सृजना शर्मा, नरमाया जुग्जाली, समीर परियार, रमेश परियार, दुर्गा किसान र पुर्ण बस्याल हुनुन्छ भने मोनाकोबिधानले जनाए अनुसार सस्थापक अध्यक्ष राम कृष्ण शर्मालाई प्रमुख सल्लाहकार र सस्थापक तेजु सुन्दासलाई मोनाको संरक्षकमा रहनु हुनेछ ।

कलाकारले नचाए बिदेशीलाई !

कार्यक्रमको विच्च बिचमा स्थानिय नेपाली कलाकारहरुले नेपाली तिज सस्कृती झल्काउने बेजोड गित तथा नृत्य पस्केका थिए । कार्यक्रमको शुरु मै गित गाउन स्टेज चढेका मोफसलका गायक बिक्रम ल्यागुनले ट्र्याक म्युजिकमा नेपाली लोक गित गाउन थाले पछि उपस्थित दर्शक र अतिथीलाई जुरुक्कै उठाएका थिए।उनको बेजोड प्रस्तुतिमा आयोजक, दर्शक अतिथी त नाचे नाचे सहभागीको ड्यासमा रहेका युरोपेली नागरिक पनि बेस्सरी झुमेर नाचेका थिए । बिक्रम ले तीन प्रस्तुती दिए भने तिनटै प्रस्तुति बेजोड रह्यो । त्यसै गरि नृत्यङाना अन्जु फगामीको नाचले स्टेजमा मनोरंजनात्मक आगो नै लाइदिएको थियो । कलाकार शान्ती ओलिले तिजको लहर आयो बरि लै…. को गितमा नाच्दै गर्दा सहभागी सबैलाई भाबुक बनाएको थियो । कार्यक्रममा कलाकारहरु निरु परियार, अस्मिता कामी, डेबिन गर्बुजा, शिला चापागाइ आ-आफ्नो प्रस्तुती दिएका थिए भने कार्यक्रमको अन्तिम सास्कृतिक प्रस्तुतिको रूपमा मोनाकै अध्यक्ष सपना जुग्जालिले बेजोड नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रममा मोनाले सहभागी सबैलाई नेपाली परिकारको तिजको दर स्वरुप भोजन गराएको थियो ।

कस्ले के भने ?

मोनाकी अध्यक्ष सपना जुग्जालीको अध्यक्षतामा भएको कार्यक्रम सस्थाका अबिभावक समेत रहेका सस्थापक अध्यक्ष राम कृष्ण शर्माले रोचक ढंगले सन्चालन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती गैर आवासीय नेपाली संघ एनआरएनएका वरिष्ठ उपाध्यक्ष हर्क साहुले नेपाली सस्कृतिलाइ लक्षित गरेर भब्य तिजको दर खुवाउने र प्रवासी नेपाली एकताको नमुना झल्काउने कार्यक्रम आयोजना गरेकोमा आयोजक मोनालाइ विशेष धन्यवाद दिदै हरेक नेपाली संघसस्थालाइ कुनै आग्रह पुर्वाग्रह नराखी आफुहरुले साथ लिएर अघि बड्ने प्रतिबद्धता ब्याक्त गरे ।

शुभकामना मनतब्यकै क्रममा बोल्दै पत्रकार जसमान दर्नाल जिवनले अब सबै प्रवाशी संघ सस्थाहरुका अगुवाले भाषण गर्न भन्दा पनि मोनाले झैँ  कार्यक्रम गरे नेपाली चाड,सस्कृती र भाषाको बिकास र प्रवर्द्धन हुने तथा नेपाली एकता विश्व भरी कायम राख्न भुमिका खेल्ने बिचार राखे भने कार्यक्रमका अथिती नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष लोब्साङ्ग तामाङ्गले  पछिल्लो समय नेपाली युवा युवतीलाई बिदेश ल्याउने प्रलोभन देखाएर केही ब्याक्तिहरुले लाखौं ठगी रहेको जिकिर गर्दै ठग र दलाल देखि होसियार रहदै प्रवासी श्रमिक नेपालीहरु थप सचेत तथा एकताबद्ध हुनुपर्नेमा जोड दिए । त्यसै गरि कार्यक्रमका अतिथि तामाङ समाजका अध्यक्ष प्रकाश तामाङले बुद्द जयन्ती जस्ता नेपाली नयाँ वर्ष जस्ता अवसरमा तामाङ्ग समाजले समेत सधैं विभिन्न सास्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै सबै सग हातेमालो गरेर अघि बढ्न तमाङ समाज तत्पर रहेको भनाइ राखे भने सुदुरपश्चिमेली नेपाली समाज क्रोएसिया का अध्यक्ष चेतन बिसिले अधिवेशनबाट चयन हुने टिम सबैको उदाहरणिय टिम बन्ने बिश्वास गरे । कार्यक्रममा पत्रकार घनस्याम पोखरेलले पनि आफ्नो शुभकामना मनतब्य राखेका थिए ।

Leave a Reply