Home Login

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो। यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो। त्यस्तै नेपाल एयरलाइन्सका […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा तेस्रो मुलुकको आप्रवासीहरू आउन कम भएपनि पोर्चुगल भित्र रहेका आप्रवासीहरूको समस्या अझै समाधान हुन सकेको छैन। २०२४ जुन ४ देखि पोर्चुगलमा धारा ८८ र धारा ८९ लाई बन्द गरेपछि अहिले पोर्चुगलमा तेस्रो मुलुकबाट आउने आप्रवासीहरू कम भएको छ। हुन त क्रोएसिया, फ्रान्स, स्पेन आएका आप्रवासीहरू पोर्चुगल सहजैसँग आउने भएकाले धारा […]

पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम […]

काठमाडौं। अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन्। केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको छ। त्यस्तै जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरुको समिटमा भाग लिने बताइएको छ। युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरेपेली नेताहरुको समिट गर्न लागेका हुन्। ह्वाइटहाउसमा […]

युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्। लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् […]

बेलायत — विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि  आँसु उपहार गीत सार्वजनिक गरेका छन्। गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका […]

रासस — शुक्रबार बिहान भोटेकोशी गाउँपालिका-२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो। त्यसको ठूलै पराकम्प काठमाडौंलगायत आसपासका जिल्लामा महशुस गरियो। तर, क्षति व्यहोर्नु परेन। भूगर्व विद्‍का अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकावरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प […]

काठमाडौं —  अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन्। ‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौं। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म […]

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट […]

पोर्चुगल — युवा नेता एंव नेपाल पत्रकार महासंघ युरोप शाखाको उपमाहसचिब  अशिम लोप्चन तामाङ  ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका छन । बिरिसु मिडिया प्रा.लिले बुधवार काठमाडौँको चलचित्र बिकास बोर्डमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ तथा सम्मान कार्यक्रम’ मा उनी सम्मानित भएका हुन । प्रवासी भूमिमा रहेर पनि नेपाली पहिचानलाई उजागर गर्न […]