Home Login

पोर्चुगल — मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको नेपाली चलचित्र ‘लाज शरणम्’ मंगलबार अन्तिम सो प्रदर्शन गरी सम्पन्न भएको छ। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले चलचित्र ‘लाज शरणम्’ प्रदर्शनमा ल्याएको […]

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखिए पछि  एकताको बृहत्  रोडम्याप प्रस्तुत गरेका छन् ।   उनीहरुले एकताको पहल स्वरुप बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान […]

फ्रान्स । घरेलु मैदानमा पेनाल्टी सुटआउटमा पराजित भएपछि इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम-१६ बाट बाहिरिन पुगेको छ । अन्तिम-८ को लागि भएको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजी सङ्ग लिभरपुलले पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको हो । पहिलो लेगमा १-० ले अघि रहेको लिभरपुलले घरेलु मैदानमा भने १-० ले पछि पर्दै खेल पेनाल्टी सुटआउटमा लगेको […]

पोर्चुगल । गत वर्ष २०२४ मार्चमा बनेको सरकार सोसियल डेमोक्रेटिक पार्टी PSD का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार ११ मार्चमा भएको मतदान विश्वास मत नपाए संगै ढलेको छ । गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई  संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक […]

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् रङ्गहरूको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी ‘होली थिम’मा रङ्गसँग रंगिएर आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘होली […]

एकेन्द्र थापा । अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका […]

क्रोएसिया । फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको क्रोएसियामा मार्च २३ तारीख प्रदर्शन हुने भएको छ। जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र क्रोएसियास्थित नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए। मार्च २३ आइतबारको दिन प्रदर्शन हुने चलचित्रको टिकट नेपाली थकाली हाउस, बजार टोकरी, बुद्ध […]

रोमानिया — हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान् राष्ट्रिय पर्व ग्याल्पो लोसार २१५२ औं को अवसरमा शेर्पा किदुग रोमानिया द्वारा आयोजित बृहत् लोसार सांस्कृतिक कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु खेन्पो लामा मिङमार Dragpo Repa रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाले गर्नुभएको थियो। कार्यक्रममा […]

पोर्चुगल । आफूसँग भएको कलालाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएर, आत्मनिर्भर कसरी बन्ने अर्थात् सामाजिक सञ्जाल सम्बन्धी विविध विषयको कार्यक्रम क्रिएटर्स मेला २०२५  गत शनिबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ। अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूमध्ये सामाजिक सञ्जालमा सक्रिय भएका केही व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। आफूसँग कला र गला […]

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार […]