Home Login

बार्सिलोना (स्पेन) — स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका करिब ५ लाख आप्रवासीहरूलाई लक्षित गर्दै एक ठूलो नियमितीकरण कार्यक्रमको घोषणा गरेसँगै यहाँका विदेशी समुदायमा नयाँ उत्साह र व्यस्तता थपिएको छ । जनवरी २७, २०२६ का दिन म्याड्रिडमा समाजवादी नेतृत्वको गठबन्धन सरकारले चालेको यो कदमले वर्षौंदेखि कानुनी पहिचानको पर्खाइमा रहेका हजारौँ आप्रवासीहरूका लागि नागरिकता र […]

स्पेन — कागजातविहीन आप्रवासीलाई रेसिडेन्सी (वैधानिकता) दिने स्पेन सरकारको तयारीसँगै त्यहाँ रहेका हजारौं नेपालीहरूमा खुसीको सञ्चार भए पनि राहदानी (पासपोर्ट) को अभावले ठूलो चिन्ता थपिएको थियो । स्पेनस्थित नेपाली दूतावासमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा छोटो समयमै हजारौंको सङ्ख्यामा राहदानी नवीकरण तथा जारी गर्नुपर्ने चुनौती देखिएको थियो । एक-दुई महिनाभित्रै राहदानी नबने स्पेन सरकारले प्रदान […]

पोर्चुगल — सन् २०२६ को सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रमा युरोपेली मुलुकहरूको योगदान उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्ड तथा अध्यागमन विभागको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको पहिलो महिना जनवरीमा युरोपेली मुलुक पोर्चुगलबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा गत वर्षको तुलनामा वृद्धि भएको पाइएको छ । सन् २०२६ को जनवरी महिनामा मात्रै पोर्चुगलबाट ५२७ जना पर्यटकले […]

बेइजिङ — चिनियाँ सभ्यताको प्राचीन कला र संस्कृतिको चर्चा गर्दा ‘गुझेङ’ (वा झेङ) को नाम अग्रपङ्क्तिमा आउँछ । करिब २,५०० वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको यो परम्परागत तारबाजा (जिथर) आज पनि आफ्नो मौलिकता र सम्मोहक धुनका कारण विश्वभर चर्चित छ । चिनियाँ सङ्गीतको एउटा बलियो खम्बा मानिने गुझेङले प्राचीन कालदेखि आधुनिक युगसम्मको यात्रामा आफ्नो छुट्टै […]

लिस्बन (पोर्चुगल) —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगलले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै काल्दास दि रैना क्षेत्रमा नयाँ उपसमिति गठन गरेको छ । हालै आयोजित एक विशेष भेलाले सन्जय कुमार महत्तोको संयोजकत्वमा ९ सदस्यीय उपसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै नेपालको समसामयिक राजनीति र […]

स्पेन — नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवालाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै, दूतावासले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागेको हो । दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार, यो नयाँ व्यवस्था अन्तर्गत चालु हप्तामा ३ सय  […]

मड्रिड (स्पेन) — युरोपमा नेपाली श्रमिकहरूको हकहित र कानुनी सुरक्षाका लागि लामो समयदेखि वकालत गर्दै आउनुभएका नेपाली जनप्रगतीशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलको नेतृत्वमा स्पेनको आल्वासेतेमा रहेका नेपाली समुदायले अन्ततः ठूलो ऐतिहासिक सफलता हात पारेका छन् । विभिन्न भ्रामक प्रचार, प्रशासनिक झमेला र केही समूहको सुनियोजित अवरोधलाई चिर्दै कँडेलको सक्रियतामा आल्वासेतेमा अलपत्र जस्तै रहेका करिब […]

सर्बिया — युरोपेली मुलुक सर्बियामा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरणको लामो समयदेखिको समस्या अब समाधान हुने भएको छ । वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा सर्बियामा रहेका नेपालीहरूको सहजतालाई प्राथमिकतामा राख्दै, जर्मनीस्थित नेपाली राजदूतावासले पहिलो पटक राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ सञ्चालन गर्ने निर्णय गरेको हो । राहदानी विभाग काठमाडौँको प्रत्यक्ष समन्वय र बर्लिन […]

रोमानिया — रोमानियामा रहेका नेपाली समुदायलाई लक्षित गरी आगामी मार्च ११ देखि १५ सम्म आयोजना हुन लागेको राहदानी नवीकरण घुम्ती शिविरको सन्दर्भ पारेर केही अनधिकृत व्यक्तिहरूले भ्रम फैलाउन थालेको  छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले “फारम भर्न सहयोग गर्ने” बहानामा आफ्नो ह्वाट्सएप नम्बरहरू सार्वजनिक गर्दै सेवाग्राहीलाई लोभ्याउने र भ्रममा पार्ने कार्य गरिरहेको पाइएको हो । […]

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा सन् २०२६ को सुरुवात निकै दुखद र चुनौतीपूर्ण बनेको छ । जनवरीको अन्तिम साता आन्द्र महासागरबाट उठेको शक्तिशाली आँधी ‘क्रिस्टिन’ ले पोर्चुगलको मध्य तथा तटीय क्षेत्रमा भारी वर्षा र विनाशकारी हावाहुरीसहित बितण्डा मच्चाएको छ । यस प्राकृतिक विपत्तिका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको […]