Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको महान् चाड विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण पोर्चुगलवासी नेपालीहरूमा शुभकामना व्यक्त गर्दै तीन दिनका लागि दूतावास बन्द रहने घोषणा गरेको छ । दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै आउँदो असोज १५ गतेदेखि १७ गते (तदनुसार १ अक्टोबर २०२५ देखि ३ […]

म्याड्रिड — स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावास भोलि, १७ सेप्टेम्बर २०२५, बुधबारका दिन बन्द रहने भएको छ । राष्ट्रिय शोक मनाउनका लागि दूतावास बन्द रहने व्यहोरा राजदूतावासले एक सूचनामार्फत जानकारी गराएको हो । दूतावास बन्द हुने भएपछि भोलिका लागि तय भएका राहदानी आवेदन लगायतका अन्य कन्सुलर सेवाहरू प्रभावित हुनेछन् । यसैबीच, दूतावासले भोलिका लागि राहदानी दरखास्त […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि खुसीको खबर छ । लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरणका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले एक सूचना जारी गर्दै आगामी अक्टोबर महिनाका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । सूचनाअनुसार, आगामी ०६ अक्टोबरदेखि १७ अक्टोबर, २०२५ सम्मको अवधिका लागि राहदानी आवेदन […]

काठमाडौँ — नेपालको राजधानी काठमाडौँ तथा देशका अन्य केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित सात प्रमुख देशका दूतावासहरूले गहिरो दुःख व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले संयुक्त रूपमा परिस्थितिलाई शान्तिपूर्ण बनाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन् […]

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिनका लागि एक जरुरी सूचना प्रकाशित गरेको छ । “लोट ३” अन्तर्गत राहदानी तयार भएका आवेदकहरुलाई दूतावासले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो । दूतावासद्वारा जारी सूचना अनुसार, तोकिएको सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भइसकेको छ । राहदानी […]

पोर्चुगल (लिस्बन) —  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी लेख/रचना आह्वान गरेको छ । यो पहलले पोर्चुगलमा रहेका नेपालीहरूको बौद्धिक तथा सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउनुका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिकालाई थप उजागर गर्ने उद्देश्य राखेको छ […]

पोर्चुगल (लिस्बन) । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन वा नवीकरण गर्न चाहने नेपालीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३०, २०२५ सम्मको अवधिका लागि अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो । उक्त अवधिका लागि शुक्रबार, आज दिउँसोको ५ बजेदेखि अनलाइन […]

काठमाडौँ — नेपाली महावाणिज्यदूतावास, दुबईले सेवा प्रवाहका लागि प्रारम्भिक तयारी पूरा गरी राहदानी तथा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) सेवा प्रदान गर्न सुरु गरेको छ । दुबईको देरा क्षेत्रस्थित अबु हाइल स्ट्रीट, भिला नम्बर १०९ मा रहेका कार्यालय भवनबाट सेवा प्रवाह थालिएको महावाणिज्यदूतावासले जानकारी दिएको छ । राहदानी तथा यात्रा अनुमतिपत्र सेवाका लागि इच्छुक नेपाली नागरिकहरूले […]

म्याड्रिड, स्पेन — स्पेनको राजधानी म्याड्रिडमा अवस्थित नेपाली राजदूतावास आउँदो शुक्रबार, अर्थात् २०८२ साल साउन ३० गते (१५ अगस्ट २०२५) बन्द हुने भएको छ । स्पेनमा मनाइने ‘डिया डे ला असुन्सियन डे ला भिरहेन’ (Dia de la Asunción de la Virgen) पर्वको अवसरमा सार्वजनिक बिदा परेकाले दूतावास बन्द रहने निर्णय भएको हो । दूतावासले बिहीबार […]

लिस्बन, पोर्चुगल — पोर्चुगलमा मनाइने ‘अजम्प्सन अफ मेरी’ (Assumption of Mary) पर्वको अवसरमा यही आउँदो मिति २०८२ साल साउन ३० गते शुक्रबार, तदनुसार १५ अगस्ट २०२५ का दिन लिस्बनस्थित नेपाली दूतावास बन्द रहने भएको छ । दूतावासले बुधबार एक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा परेकाले राजदूतावासका कन्सुलर सेवा लगायत अन्य सबै कामकारबाही बन्द […]