Home Login

लक्जमबर्ग — पोर्टेल डेस स्ट्याटिस्टिक्स डु लक्जमबर्गको हालैको तथ्याङ्क अनुसार, २०२४ मा लक्जमबर्गमा पोर्चुगिज बसाइँसराइमा ४.६% ले कमी आएको छ । प्रतिवेदनको अनुसार, २०२४ मा ३ हजार ४ सय ६९ पोर्चुगिज मानिसहरू देशमा प्रवेश गरेका थिए, जुन संख्या यस वर्ष युरोपेली देशमा आएका २५ हजार ७२५ विदेशीहरूको प्रविष्टि मध्ये १३.५% हो । २०२३ मा स्पष्ट […]

युरोपाटी सम्वाददाता । लिस्बन — पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिने भएको छ । बुधबार नियाल्प पोर्चुगलले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो । ‘आजबाट पोर्चुगलमा कानुनी […]

(कागजातहरूको डेलिभरीमा ढिलाइ र समय तालिकामा कठिनाइहरू मुख्य गुनासोहरू रहेका छन् ।) पोर्चुगल — सन् २०२५ को पहिलो चार महिनामा, उजुरी पोर्टलले एकीकरण, माइग्रेसन र शरण एजेन्सी (एआईएमए) लाई सम्बोधन गरिएको कुल ५९३ उजुरीहरू प्राप्त गरेको थियो । जुन २०२४ को अन्तिम चार महिनाको तुलनामा लगभग ३७% ले वृद्धि भएको हो, जसमा जब ४ सय […]

पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने […]

पोर्चुगल — २३ हजार ५ सय आप्रवासीहरूको बसोबास अनुमति आवेदन अस्वीकृत भएको छ । जसमध्ये ४ हजार ५ सयलाई २० दिन भित्र देश छोड्ने सूचित गरिएको छ । एकीकरण, आप्रवासन र शरण एजेन्सी (AIMA) को मिसन संरचना सकिनु भन्दा एक महिना अघिको प्रतिवेदनमा एक्सप्रेसोलाई बताए अनुसार, १ लाख २३ हजार आवास अनुमतिहरू पहिले नै स्वीकृत […]

पोर्चुगल — नेपाली राजदूतावास लिस्बनले शुक्रबार एकैचोटि दुईवटा सूचना सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो सार्वजनिक गरेको दुई सूचनामध्ये एक सूचनामा उल्लेख भए अनुसार, सार्वजनिक बिदा सम्बन्धी सूचना र अर्को सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक गरेको सूचना प्रकाशित भएको हो । राजदूतावास लिस्बनले बारम्बार जानकारी गराउँदा पनि  धेरैजना सेवाग्राहीहरू राति वा बिहान सबेरै देखि राजदूतावास वरिपरि […]

पोर्चुगल — नेपालमा शुक्रबार (वैशाख २६) देखि प्रदर्शनमा आउन लागेका नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे १८ देखि प्रदर्शन हुने भएको छ । राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले जानकारी […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानोलाई मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताको सातौं संस्करणमा प्रतिस्पर्धा गर्ने अन्डर-१५ टोलीमा बोलाइएको छ । १४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्दै आइरहेका छन् । रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को […]

पोर्चुगल — पोर्चुगलस्थिति नेपाली राजदूतावासका पदाधिकारीहरुसंग यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावासको कार्यालय , लिस्बनको रेस्तेलोमा भेटघाट तथा छलफल गरी विभिन्न समस्या समाधानको विषयमा ध्यानाकर्षण गराएका छन् । बुधबार दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील रानासंग संघसंस्थाका प्रतिनिधिहरुले भेटी पोर्चुगलको नेपाली समुदायको समसामयिक सवालमा ध्यानाकर्षण गराइएको उक्त भेटघाटको संयोजन गरेका नेपाल आदिवासी जनजाति […]