Home Login

पोर्चुगल — पोर्चुगलका लागि नेपालका राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको लिस्बनस्थित राष्ट्रपतिको आधिकारिक निवास बेलेम प्यालेसमा सोमबार दिउँसो आयोजित एक औपचारिक समारोहमा पोर्चुगलका राष्ट्रपति मार्सेलो नुनो डुवार्टे रेबेलो डे सुसा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ।  कार्यक्रमपछि राजदूत पौडेलले राष्ट्रपति महामहिम मार्सेलो रेबेलो डे सुसासँग भेटवार्ता गरेका थिए । कार्यक्रममा राष्ट्रपति सुसाले पोर्चुगलका लागि नेपालको […]

पोर्चुगल — प्रधानमन्त्रीलाई पहिले नै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज गरिएको छ। जहाँ उनी ‘कार्डियक एरिथमियाको एक एपिसोड’ का कारण केही घण्टा अस्पताल भर्ना भएका थिए। ‘सबै कुरा ठीक छ, यो कार्डियक एरिथमियाको एक एपिसोड थियो, जुन समस्याले मलाई समय-समयमा धेरै छिटपुट रूपमा सताउँथ्यो,” लुइस मोन्टेनेग्रोले अस्पतालबाट निस्किँदै गर्दा पत्रकारहरूलाई भने। प्रधानमन्त्री शुक्रबार दिउँसो १ : […]

(राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत ‘प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगल’ गठन, आइतवार पोर्चुगलको राजधानी लिस्बनमा नर फगामी मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन) पोर्चुगल (लिस्बन) — पछिल्लो समय नेपालको राजनीतिक अवस्था हेर्दा जनताले पनि नयाँ दलहरुलाई स्थान दिनुपर्छ भन्दै आवाज उठाइरहेको पाइन्छ । नेपालमा ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी पछि चौथो दल […]

पोर्चुगल (पोर्टो) — क्षेत्रीय नागरिक सुरक्षा सेवा अनुसार, हाल भूकम्प महसुस भएको कुनै संकेत छैन। पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले आइतबार बिहान ३० मार्च पोर्टो मोनिजबाट २५० किलोमिटर पश्चिममा ४.२ रेक्टर स्केलको भूकम्प रेकर्ड गरेको गरेको थियो। IPMA का अनुसार, भूकम्प राति २ बजेर ९ मिनेटमा आएको थियो र यसको केन्द्रबिन्दु […]

पोर्चुगल (लिस्बन) । शनिबार मार्च २९ र आइतबार मार्च ३० तारिख वितरण गर्ने भनेको कागजपत्र लगायत राहदानीहरु छुटपुट भएका बाँकी कागजपत्र लगायत राहदानीहरु मार्च ३१ तारिख सोमबार बितरण नगर्ने भएको छ । नेपाली राजदूतावास लिस्बनले सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो। नेपाली राजदूतावास पेरिसबाट प्रमाणित भई नेपाली राजदूतावास लिस्बनमा प्राप्त प्रहरी […]

पोर्चुगल (लिस्बन) । अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई नेपाली राजदूतावास पेरिस फ्रान्सले बुधबार एक सूचना सार्वजनिक गरेको छ। दूतावासको अनुसार मार्च १८, २०२५ सम्म प्रमाणीकरणको लागि इमेल र कुरियरमार्फत पठाइएको कागजातहरू (प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, विवाहदर्ता लगायत अन्य कागजातहरू) जम्मा ५२५ थान र राजदूतावासबाट तयार विद्युतीय राहदानी ६५ थान सङ्कलन गरी नेपाली राजदूतबास […]

पोर्चुगल (लिस्बन) — अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका शेर्पा समुदायहरूको छाता संस्था शेर्पा किदुग पोर्चुगलले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ। आगामी मार्च ३० तारिख लिस्बनस्थित न्यू सिटि ओक मुन्डोमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका शेर्पा समुदाय […]

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभएको छ । मंगलबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताउनुभएको हो । “तोकिएको मितिमा महाधिवेशन हुन्छ, […]

पोर्चुगल —  पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कमाथि ५-२ गोलअन्तरको सानदार जित दर्ता गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो । आफ्नै मैदानमा भएको खेलमा पोर्चुगल निकै हाबी बनेको थियो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसहित फ्रान्सिस्को, गोन्कालो रामोसले एकएक गोल गरेका थिए भने एक […]

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ  । गएराती सम्पन्न खेल डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जितका खेलको ७८ औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन […]