Home Login
गैरआवासीय नेपाली संघ

दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिख, अध्यक्षमा पाँच जनाको उम्मेदवारी

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको, दीपा काफ्ले नेतृत्वको समूहको दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिखमा लिस्बनस्थित जिनासियो हलमा आयोजना हुने भएको छ । अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र बन्द सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल हाल दुईवटा अलग अलग पक्षतर्फ छन् । महेश कुमार श्रेष्ठ पक्षतर्फ रहेका एनआरएनए पोर्चुगलले आउँदो जुन ६ र ७ तारिख दशौं एकता महाधिवेशन गर्न लागेको हो ।

त्यसो त यता, अध्यक्ष डा. बद्री केसी पक्षतर्फ रहेका अध्यक्ष उमेश खड्का नेतृत्वको टोलीले यसअघि नै दशौं महाधिवेशनको घोषणा गरिसकेका छन् । अध्यक्ष उमेश खड्का नेतृत्वको टोलीले २० जुलाईमा दशौं महाधिवेशनको घोषणा गरेको हो ।

युरोपेली मुलुक पोर्चुगलमा दुई पक्ष एनआरएन रहेको यो पहिलोपटक होइन, केन्द्रमा तीन अध्यक्ष भएदेखि नै पोर्चुगल लगायत अरु थुप्रै देशमा पनि दुई पक्ष एनआरएन देखिन थालेको हो ।

दीपा काफ्ले नेतृत्वको पक्षले औपचारिक निर्वाचन प्रक्रिया मार्फत संस्थागत एकता र पारदर्शितालाई सुदृढ गर्न अधिवेशनको आयोजना गरेको जनाएको छ ।

दीपा काफ्ले नेतृत्वको पक्ष तर्फ एनआरएनए पोर्चुगलको अध्यक्ष पदका लागि यसपटक पाँच जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये वर्तमान अध्यक्ष दीपा काफ्ले पुनः उम्मेदवार दिएकी छन् । अन्य उम्मेदवारहरूमा सुजन लामा, रेखा रेग्मी, दिपेश विष्ट, र जय बहादुर केसी रहेका छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका लागि राजकुमार गुरुङ, जय शम्भो, विनोद बुढाथोकी र सरिता शर्माले उम्मेदवारी दिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षका लागि प्रेम बुढापृथी र गनी गुरुङले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्ष तिन पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । जसमा शिवराज राई, नृप्रेश गिरी, सुदन निउरे, विष्णु बहादुर घर्तीले उम्मेदवारी दिएका हुन् ।महिला उपाध्यक्ष तर्फ एकजनाको लागि पेमा डोमा शेर्पा निर्विरोध चयन भएकी छिन् ।

त्यस्तै महासचिव एकजना पदको लागि दुई जनालाई उम्मेदवारी घोषणा गरेका छन् । जसमा गोविन्द बुढाथोकी र सरस्वती तिमिल्सिना खनाल रहेका छन् ।

त्यस्तै सचिव पदमा दुईजनाको लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । जसमा पुष्कर राज जोशी, सुरज भण्डारी र सुवास पौडेल रहेका छन् ।

कोषाध्यक्ष पदमा एक जनाको लागि दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् । जसमध्ये अशोक जोशी, र सविन पौडेल रहेका हुन् । सह–कोषाध्यक्ष पदमा प्रभा अधिकारी निर्विरोध चयन भएका छन् । महिला संयोजक तर्फ खगिसरा न्यौपाने निर्विरोध, युवा संयोजक तर्फ पेम्वा शेर्पा निर्विरोध निर्विरोध चयन भएका हुन् । लेखा संयोजक तर्फ पनि सुरेश गिरी निर्विरोध चयन भएका हुन् ।

त्यस्तै सदस्यहरूमा १६ पदको लागि ज्ञानेन्द्र आचार्य, सुनिक कुमार तिमिल्सिना, भवानी शंकर कँडेल, हरि देवकोटा, दीपक भण्डारी, नरिश्वर न्यौपाने, कविता गेलाल, दिनेश पौडेल, विनोद केसी, सुवास आचार्य लगायत अन्य उम्मेद्वारहरू (सबै निर्विरोध चयन) भएका हुन् ।

Leave a Reply