पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको सम्मानमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बनरेस्टुरेन्टमा हुने भएको हो ।
कार्यक्रम सांझ ७ बजे देखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो । कार्यक्रममा गायक भट्टराईका चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन् । गायक तथा सर्जक भट्टराईलाई विशेष सम्मान समेत गरिने कार्यक्रमको मुख्य आकर्षण हुने बताइएको छ ।
फिनल्यान्डमा रहेको चौतारी इभेन्टको निमन्त्रणा गायक भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आएका हुन् । उनी यतिखेर फिनल्यान्डको हेलसिन्कीमा रहेका छन् । साङ्गीतिक कार्यक्रमका लागि ‘युरोप टुर’ अन्तर्गत युरोपको पहिलो कार्यक्रम फिनल्यान्डको हेलसिन्कीमा जुलाई ५ तारिख सम्पन्न भइसकेको छ ।
सांगीतिक कार्यक्रमका लागि उनी युरोपको पोर्चुगल, स्पेन, फिनल्यान्ड, बेल्जियम, चेक रिपब्लिक लगायत युरोपको विभिन्न देशहरूमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।
पछिल्लो समयमा व्यस्त रहेका गायक हुन् रमेशराज भट्टराई, स्वदेश तथा विदेशमा उत्तिकै स्टेज कार्यक्रम गर्दै आइरहेका गायक भट्टराई, पोहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आएका हुन् ।
आधुनिक तथा लोक दोहोरी गीत सबै बिधाका गीतहरुमा पोख्त, स्टेज तताउने गायकहरु मध्येको एक हुन् गायक रमेशराज भट्टराई, उनी यस भन्दा अगाडी बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबई लगायत थुप्रै देशहरुमा पटक पटक सफल प्रस्तुति दिइसकेका भर्सटाईल गायक भट्टराईको बेहुला बनाउछु भन्थि बहुला बनार गई, आज पनि पापी सहरमा बबाल भो बबाल भो, तिमी लाष्टै राम्री छौ र पो म फिदा भाको छु, टन्न पैसा कमाउला भन्थ्यौ सुखै सुखमा रमाउला भन्थ्यौ, राजा राजा भन्थि बाजा बजाएर गई, होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छिको मिठो बोलीमा, खु्ट्टा भए जुत्ता छानी छानी पाईन्छ यो बजारमा जस्ता उनको थुप्रै चर्चित गीतहरू हुन् ।