आज जनवरी ३, २०२५ शुक्रबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलमा मनाइयो अंग्रेजी नयाँ वर्ष — अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतको लागि अध्ययन र रोजगारीको सिलसिलामा युरोपली मुलुक पोर्चुगल आइपुगेका आप्रवासी लगायत पर्यटक तथा पोर्चुगलका नागरिकहरू राजधानी लिस्बनमा […]
लाक्पा तेन्जी शेर्पा / रोमानिया रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ। सीमाहीन यात्रा र कामको अवसरहरू — शेंगेन क्षेत्रमा प्रवेशसँगै, रोमानिया र बुल्गेरियामा कार्यरत आप्रवासी कामदारहरूले २७ सदस्य राष्ट्रहरूमा भिसा वा सीमा जाँचबिना यात्रा गर्न सक्छन्। […]
पोर्चुगल — पोर्चुगलस्थित बेलायती दूतावासले एआईएमए (एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम) बाट बेलायती नागरिकका लागि विशेष गरी नयाँ हेल्पलाइन सुरु गरिएको जानकारी दिएको छ । ब्रिटिस इन पोर्चुगल फेसबुक पेजमा एक पोष्टमा, दूतावासले भनेको छ: “हामी यो खबर साझा गर्न पाउँदा खुसी छौं कि आजबाट, २ जनवरी एआईएमए एक हेल्पलाइन हुनेछ जो विशेष रूपमा […]
पोर्चुगल — नेपाली गीत संगीत क्षेत्रमा स्वदेशमा भन्दा पनि विदेशमा थुप्रै रुचाइरहेको पाइन्छ। नेपालमा मेला महोत्सवमा व्यस्त रहेका गायक गायिकाहरू अहिले विदेशमा पनि थुप्रै सांगीतिक कार्यक्रमहरु गर्दै आइरहेका छन्। रोजगार तथा अध्ययनका लागि विदेश आएका नेपालीहरू अहिले सांगीतिक क्षेत्रमा पनि निकै उत्साहित देखिन्छन्। युरोपेली मुलुक बेल्जियम र बेलायतपछिको धेरै नेपालीहरु बसोबास गर्ने देश हो पोर्चुगल […]
(अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्वनमा हुँदै।) पोर्चुगल — सन् २०२३ मा इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो […]
लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आयोजना गरेको बब्बाल क्रिसमस नाइट -२०२४ सम्पन्न भएको छ। बब्बाल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे १० बजे देखि बिहानसम्म सञ्चालन भएको थियो। तस्वीर : डिजिटल लिस्बन उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा डीजेमा साथ दिएर दर्शकलाई मनोरञ्जन दिएका […]
लाक्पा तेन्जी शेर्पा । रोमानिया — तमु (गुरुङ) समाज रोमानियाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा ३२२७७ औं तमु ल्होसारको भव्य कार्यक्रम सम्पन्न गरेको छ। मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको छ। तमु समाज रोमानियाका अध्यक्ष तिल ब गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न […]
पुस्तक रेग्मी । पोर्चुगल — नेपालको मेला महोत्सवमा व्यस्त रहेकी चर्चित गायिका समीक्षा अधिकारी आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोपेली मुलुक पोर्चुगल आउने भएकी छिन्। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आएका हुन्। चर्चित गायिका समीक्षा अधिकारी अहिले युरोपको कार्यक्रममा व्यस्त रहेकी छिन्।युरोप टुर अन्तर्गत पोल्याण्डबाट सुरु […]
अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’ को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के सी देवु, प्रमुख अतिथी पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त, […]
काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ । विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ […]


