Home Login

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका खतरनाक आप्रवासीहरुलाई क्युबा स्थित ग्वान्टानामुखाडीमा रहेको अमेरिकी सैनिक बन्दी गृहमा पठाउन निर्देशन दिएका छन्। ट्रम्पले खतरनाक मानिएका आप्रवासीलाई ग्वान्टानामु अमेरिकी जेलमा राख्न चाँजोपाजो मिलाउन रक्षा र गृह मन्त्रालयलाई आदेश दिएका हुन्। आदेशमा ३० हजार आप्रवासी अट्ने सुविधा तयार गर्न भनिएको छ। ग्वान्टानामुखाडीमा रहेको यो जेल संसारकै खराब […]

पुस्तक रेग्मी । काठमाडौं — विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार बढी नेपालीले नेपाल छाडेका छन्। अध्यागमन विभागले एक तथ्याङ्क जारी गर्दै ६६ हजार ८ सय ३५ जनाले नेपालबाट स्थायी बसोबासका लागि विदेश बसाइ सरेको जनाएको हो । तथ्याङ्क अनुसार यसरी बसाई सर्नेमा ३४,५४४ जना पुरुष र ३२,२८७ महिला छन्। सन् २०२३ को तुलनामा […]

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा हवाई दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएर दुर्घटना भएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ […]

आज जनवरी २९, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाल तामाङ घेदुङ मलेसियाले मनाइयो सोनाम ल्होछार — नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मन्जुश्री […]

काठमाडौँ —  नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ। बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो । महासंघको विज्ञप्तीमा अगुवा नागरिक संस्था […]

(एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित अन्तरक्रियामा व्यापक सहभागिता, आउँदो मे महिनामा एकता महाधिवेशनमा भाग लिन आह्वान) काठमाडौँ — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, […]

आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने  — चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि […]

गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ  एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल,  श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल […]

पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ। युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि […]

रासस — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका सल्लाकार एवम् भुतपूर्व अध्यक्ष राजु अर्याल (बाबू) ले दीर्घकालीन राहत कोष स्थापनाको लागि माल्टामा एक व्यक्ति एक युरो उठाउने अभियान संचालन गर्नुपर्ने बताएका छन् । माल्टामा सडक दुर्घटनामा परी निधन भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय गौरी बराललाई अस्पतालको शव गृहमा अन्तिम श्रद्धाञ्जली […]