प्रविधि

बसन्त थापाको गीत ‘मयाली’ ले चर्चा बटुल्दै

पुस्तक रेग्मी — केही दिनअघि सार्वजनिक भएको चर्चित गायक बसन्त थापाको गीत ‘मयाली’ म त गल्कोटे ठिटोले पछिल्लो समय दर्शकहरूको मन जित्दै आइरहेको छ।

गायक बसन्त थापा र गायिका देवी घर्तीको स्वरमा सार्वजनिक भएको गीत बिहिबार सम्म युट्युबमा १४ लाखभन्दा बढी भ्युज बटुलेको छ।

सार्वजनिक भएको केही समयपछि नै उक्त गीतले सामाजिक सञ्जाल टिकटकमा चर्चा बटुलेको थियो।

गीतको शब्द तथा संगीत गायक बसन्त थापाकै रहेको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका हुन्। उक्त सार्वजनिक म्युजिक भिडियोमा समेत स्वयं गायक बसन्त थापासँगै लक्ष्मी थापा मगरको अभिनय रहेको छ। 

चर्चित गायक बसन्त थापाले संगीत दिएको मौलिक गीत ‘सालको पातको टपरी’ को युट्युब भ्युज १० करोड नजिक रहेको छ। उनको संगीत र स्वर रहेको ‘बोकेझार’, ‘जाम सुस्तै’, संगीत रहेको ‘चौतारीको बर’ जस्ता गीतले स्रोता, दर्शकको मन जितेका छन्। 

गायक बसन्त थापाको सार्वजनिक गीत ‘मयाली’ गण्डकी क्षेत्र, त्यसमा पनि खासगरी बागलुङको पश्चिम भेग र म्याग्दीको केही क्षेत्रमा गाइने मौलिक भाका हो। विशेषगरी मगर समुदायमा प्रचलित मयाली भाका पच्चेबाजाको एकोहोरो बिट हो ।

ढोरपाटनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई हेमन्त कान्छा रसाइलीले सारंगीमा साथ दिएका छन्।

उक्त गीतलाई सम्पादन तथा कलर अमृत ​​चापागाईले गरेका छन् भने उक्त सार्वजनिक गीतको कोरियोग्राफर तथा निर्देशन एकिन्द्र सरशंकरले गरेका छन्।

उक्त गीतलाई नवराज उप्रेतीले सिनेमेटोग्राफर गरेका हुन्।

उक्त सार्वजनिक गीत गायक स्वयं बसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *