Home Login

चलचित्र उनको स्विटर युरोपमा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा यूरोपमा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर युरोपमा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र युरोपमा एकै साथ प्रदर्शन हुनेगरी बिक्री भएको हो। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टले यस चलचित्रको आधिकारिक […]

अयरल्यण्ड —  युरोपको अयरल्यण्डमा तामाङ परिवार अयरल्यण्डद्वारा सोनम ल्होछारलाई मध्यनजर गर्दै ल्होछार साँझ २०२५ को आयोजना हुने भएको छ। तमाङ परिवार अयरल्यण्डको पहिलो प्रस्तुती तथा गैरआवासीय संघ आयरल्यण्डको सहकार्यमा अयोजना हुन गईरहेको ल्होछार साँझ २०२५ को लागि लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको साथमा पहिलो पटक […]

नर्वे — मगर समुदायको मौलिक तथा सांस्कृतिक राष्ट्रीय पर्ब माघे सक्रान्ति मगर संघ नर्वेद्वारा यही आउदो जनवरी १९ आईतवारको दिन नर्वेको राजधानी ओस्लो शहरमा मनाउने भएको छ। स्थापनाकालदेखि नै एक सक्रिय संस्था मगर संघ नर्वेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा नर्वेमा बसोबास गर्नुहुने मगर तथा गैर मगरहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले […]

माल्टा — रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टा आएकी एक नेपाली चेलीले सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन्। नेपालमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा माल्टामा मृत्यु भएको एनआरएनए माल्टाले बताएको छ। सन् २०२२ डिसेम्बरमा माल्टा आएकी बरालको जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते भएकी र उनी उपचारत रहेको […]

पोर्चुगल —  नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]

आयरल्याण्ड — स्थापना कालदेखि नै एक सक्रिय संस्था बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बाग्लुङ बासीहरू आयरल्याण्डमा आइ बसोबास गर्नेहरूलाई दुःख अनि दुःखमा एकसाथ भएर अगाडि बढ्नको लागि स्थापना भएको बागलुङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण सापकोटा निर्वाचित भएका हुन्। रामकृष्ण सापकोटा अध्यक्ष रहेको नयाँ निर्वाचित कार्यसमितिहरूमा उपाध्यक्षमा टेक पुन, महासचिवमा कृष्ण सापकोटा, […]

अशिम लोप्चन तामाङ । माल्टा— मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ। आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ। स्थापना कालदेखि नै माल्टामा सक्रिय संस्था मगर समाज माल्टाले माल्टामा रहेका विभिन्न कामहरूमा हातेमालो गर्दै आइरहेको छ। आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा […]

लाक्पा तेन्जी शेर्पा / रोमानिया रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ। सीमाहीन यात्रा र कामको अवसरहरू — शेंगेन क्षेत्रमा प्रवेशसँगै, रोमानिया र बुल्गेरियामा कार्यरत आप्रवासी कामदारहरूले २७ सदस्य राष्ट्रहरूमा भिसा वा सीमा जाँचबिना यात्रा गर्न सक्छन्। […]

(अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्वनमा हुँदै।) पोर्चुगल — सन् २०२३ मा इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो […]

एलिया लिम्बु । साइप्रस — चितवन सेवा समाज साइप्रसको पाँचौं अधिवेशन तथा ९ औ बार्षिक साधारणसभा बुधबार अनलाइन माध्यमबाट सम्पन्न भएको छ। स्थापनाकाल देखि नै युरोपेली मुलुक साइप्रसमा एक सक्रिय संस्था चितवन सेवा समाज साइप्रसले पाँचौं अधिवेशनबाट लक्ष्मी रेग्मीको अध्यक्षमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव,एक सहसचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरी ९ कार्यसमिति […]