पाँच समाचारको साथमा : युरोपाटीद्वारा युरोप ब्रिफिङ

ad1 ad1

आज जनवरी १५, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –

पोर्चुगलका दूतावासलाई कारबाही गर्न आह्वान —

ब्राजिलका नागरिकहरूले पोर्चुगलमा भिसा प्राप्त गर्न लामो समय पर्खनु परेपछि दूतावासलाई कारबाही गर्न आह्वान गरेका छन्।

पोर्चुगलको गैर-नाफामुखी आप्रवासी संघ, कासा डो ब्राजिल डे लिस्बोआ (CBL) ले पोर्चुगलमा रहेको ब्राजिलियन दूतावास र आप्रवासन परिषद्लाई यो समस्या समाधान गर्न पोर्चुगल सरकारमाथि दबाब बढाउन आह्वान गर्ने बताएको छ।

पोर्चुगल र डेनमार्कको खेलको टिकट बिक्रीमा—

पोर्चुगिज फुटबल महासंघ (FPF) ले २३ मार्चमा अल्भालाडेमा हुने नेसन्स लिग अन्तर्गत पोर्चुगल र डेनमार्क बिच हुने खेलको लागि टिकट बिक्रीमा रहेको घोषणा गरेको छ। टिकटहरू विशेष गरि पोर्चुगिज फुटबल महासंघको कार्यालयबाट बिक्री गरिने बताएको छ।

रोमानियाका नागरिकहरूले बिना भिसा अमेरिकाको यात्रा गर्न सकिने —

रोमानियाका नागरिकहरूले छोटो अवधिको लागि मार्च ३१ देखि बिना भिसा संयुक्त राज्य अमेरिकाको यात्रा गर्न सकिने भएको छ। संयुक्त राज्य अमेरिकाका लागि रोमानियाका राजदूत आन्द्रेई मुरारुले उक्त कुरा पुष्टि गरेका हुन्।

रोमानिया अमेरिकी भिसा छूट कार्यक्रमको सूचीमा ४३ औं देश बनेको छ। यसको अर्थ रोमानियालीहरू ९० दिनसम्मको अवधिको लागि अमेरिकाको बिना भिसा यात्रा गर्न सकिने भएको छ।

स्पेनले भारतमा दूतावास खोल्ने —

स्पेनले चाँडै भारतको बेंगलुरुमा वाणिज्य दूतावास खोल्ने भएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार स्पेनले चाँडै नै बेंगलुरुमा वाणिज्य दूतावास खोल्ने अपेक्षा गरिएको बताएको छ।

एक कार्यक्रममा बोल्दै मन्त्री जयशंकरले निकट भविष्यमा वाणिज्य दूतावास खुल्ने बताए,तापनि कहिले खुल्ने भएर मिति निश्चित नभइसकेको जनाए।

साइप्रस २०२५ को अन्त्यसम्ममा शेन्जेन क्षेत्रमा प्रवेश गर्ने लक्ष्य —

साइप्रसले यस वर्षको अन्त्यसम्ममा शेन्जेन क्षेत्रमा सामेल हुन आवश्यक पर्ने सबै प्राविधिक समस्याहरू समाधान गर्ने साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले बताएका छन्। साइप्रस २००४ देखि  युरोपेली संघको हिस्सा रहेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *