Home Login
नर्वे

नर्वेमा माघे सक्रान्ति मनाउने

नर्वे — मगर समुदायको मौलिक तथा सांस्कृतिक राष्ट्रीय पर्ब माघे सक्रान्ति मगर संघ नर्वेद्वारा यही आउदो जनवरी १९ आईतवारको दिन नर्वेको राजधानी ओस्लो शहरमा मनाउने भएको छ।

स्थापनाकालदेखि नै एक सक्रिय संस्था मगर संघ नर्वेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा नर्वेमा बसोबास गर्नुहुने मगर तथा गैर मगरहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले आग्रह समेत गरेको छ।

उक्त दिन नर्वेको समयअनुसार दिनको २ बजेदेखि कार्यक्रम सुरु हुने भएको छ। कार्यक्रममा विभिन्न संस्कृति कार्यक्रम सहित स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति हुने भएको छ।

Leave a Reply