लिस्बन — पोर्चुगलमा हुन गईरहेको अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भोइस युनिभर्स सिजन-२ को अडिसन फ़ेबरूरी १५ र १६ मा हुने हुदा उक्त कार्यक्रमको तयारीका लागी उक्त टिमले मंगलबार २१ तारिख मिट एंड ग्रिट कार्यक्रमको आयोजना गरेको छ।
युरोप संयोजक देवि गरबुजा मगर,जेबी ओली र पोर्चुगलका लागि संयोजक दिपेश विक्रम बिष्टले बताए अनुसार, पोर्चुगलमा रहेका जातीय, क्षेत्रीय, बैचारिक तथा विभिन्न संघसंस्थाका अध्यक्ष,लगायत पत्रकार,व्यावसायि उक्त दिनमा उपस्थित हुनको लागि आग्रह समेत गरेका छन्।
मंगलबार २१ तारिख राजधानी लिस्बन स्थित ‘लभ लिस्बन’ रेस्टुरेन्ट एण्ड बारमा उक्त मिट एंड ग्रिट कार्यक्रम आयोजना गरिने भएको हो।
मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म सञ्चालन हुने भएको हो।