Home Login

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]

पुस्तक रेग्मी —  पोर्चुगल ।  नेपालमा फागुन २९ बाट प्रदर्शनमा आएको चलचित्र ‘एन्जिला’ युरोपेली मुलुक पोर्चुगलमा समेत प्रदर्शन हुने भएको छ । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो । उक्त चलचित्रलाई पोर्चुगलमा नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन […]

अशिम लोप्चन तामाङ । स्पेन — एनआरएनए पाईस्भाष्कोले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा गायक यम बरालको साथमा सम्पन्न भएको छ । कार्यक्रममा १२० भन्दा बढी नेपाली जनसमुदायहरुको बाक्लो उपस्थीती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका वरीष्ट उपाध्यक्ष रोसन पाठक सहीत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचीब सान्सावास्तीयन नेपाली समाजका अध्यक्ष, भीक्तोरीया गास्तेजका […]

आयरल्याण्ड — गैर आवासीय नेपाली संघ आयरल्याण्ड र बाग्लुङ समाज आयरल्याण्डको संयुक्त आयोजनामा सम्पन्न चैते दशैँ तथा नव वर्ष २०८२ शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत अप्रिल १४ तारिख नयाँ वर्षको दिन सम्पन्न भएको हो। कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटा तथा बाग्लुङ समाज आयरल्याण्डका अध्यक्ष रामकृष्ण सापकोटा, […]

विप्लव काफ्ले स्पेन, १ वैशाख । नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको ´नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम` मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए । स्टेज उक्लिँदा ताली पाएका उनले `निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा […]

पछिल्लो समयको युवा पुस्ताहरूको चर्चित र्‍यापर चिराग सिंह खड्का उर्फ ५:५५ शुक्रबार पोर्चुगल आइपुगेका छन् । उनी अप्रिल १३ आइतबार हुने सांगीतिक कार्यक्रमका लागि पोर्चुगल आएका हुन् । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्स र पाण्डव इभेन्टको संयुक्त आयोजनामा तयार भएको युरोप टुर कार्यक्रमको लागि उनी शुक्रबार पोर्चुगल आइपुगेका हुन् […]

स्पेन अशिम, लोप्चन । गायक यम बराल यतिबेला स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा हुने ‘नयाँ वर्ष शुभकामना धमाका’ सांगीतिक कार्यक्रममा भाग लिन आएका छन्। यसअघि, ७ तारिख सोमबार पोर्चुगलको लिस्बनको प्रतिष्ठित ‘रिपब्लिका दा म्यूजिका’ कन्सर्टमा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेपछि, अब उनले कोस्टाब्लाङ्का क्षेत्रभरि छरिएर बसोबास गरिरहेका नेपालिहरूसँग सांगीतिक […]

बार्सिलोना — नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपालीहरु दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर छम छम नाचेका थिए । कार्यक्रममा नौमति पञ्चैबाजाको […]

पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ । सोमबार ७ तारिख राजधानी लिस्बनको  “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्‍यापर नोबल बस्नेत (जेम्सी) […]

बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक  पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा […]