काठमाडौँ — पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । त्यसो त पछिल्लो समय हेर्ने हो भने लोकदोहोरी गीत कस्तो हुनुपर्छ र कसरी लैजानुपर्छ भन्ने निर्देशकको हातमा समेत हुन थालेको छ ।
पछिल्लो समय निकै व्यस्त रहने निर्देशक हुन् निशान बानिया, उनको पछिल्लो समय हप्ता दिन नबित्दै दुईवटा उनको निर्देशनमा तयार भएको गीत सार्वजनिक भएको छ ।
कुशल बेलबासे र देवी घर्ती को स्वरमा रहेको ‘थोपा अंशु’ गीत गत हप्ता मात्रै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द पुष्पल शर्मा स्पन्दन र संगीत, आलाप कुशल विश्वकर्माको रहेको छ ।
शिशिर पौडेल, आयुष्मा कार्की र रिहान शंकरले अभिनय रहेको गीतमा बुद्ध थापाको छायान्कन र दिपक विस्टाको सम्पादन रहेको छ ।
पानस फिल्म्सको पोस्ट प्रोडक्शनमा तयार भएको गीतमा कथा, निर्देशन निशान बानियाले गरेका छन् । बानिया पछिल्लो समय निकै व्यस्त देखिएका निर्देशक समेत हुन् ।
उक्त गीत ‘पुष्पल शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
त्यस्तै, गत हप्ता बानियाकै निर्देशनमा सार्वजनिक भएको ‘बिधाइ’ गीतमा पछिल्लो समयका निकै चर्चित गायक खेम सेन्चुरी र गायिका देवी घर्तीको आवाज रहेको छ ।
उक्त बिदाइ सार्वजनिक गीतमा शब्द स्वयं निर्देशक निशान बानियाको रहेको छ । गीतमा संगीत कुशल विश्वकर्मा र संगीत संयोजक पूर्ण समयोगको रहेको छ ।
पानस फिल्म्सको ब्यानरमा सार्वजनिक भएको अडियो, भिडियो बिदाइ गीतमा शिशिर पौडेल र कोमल नेपालीले अभिनय गरेका छन् । सुरेश श्रेष्ठले छायान्कन गरेको गीतमा दिपक विस्टाले सम्पादक गरेका छन् ।
उक्त गीत ‘पानास फिल्म्स’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।