Home Login
मनोरंजन

गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउँदै

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् ।

पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप आउने भएकी हुन् ।

गायिका परियार स्वदेशसँगै विदेशमा पनि उत्तिकै स्टेज कार्यक्रमहरूमा व्यस्त रहेको देखिन्छ । पछिल्लो समय उनी अमेरिकाको सांगीतिक कार्यक्रम सकेर अहिले नेपालमा चलिरहेको मेला महोत्सवहरू र गीत रेकर्डिङहरुमा व्यस्त रहेकी छिन्।

चर्चित नेपाली लोकदोहोरी गायिका शान्ति श्री परियारले हालसम्म ३ हजार भन्दा बढी गीतहरूमा स्वर दिएकी छिन्, जसमा थुप्रै गीतहरू अत्यधिक लोकप्रिय भएका छन् ।

बोल माया, गलबन्दी गीत प्रकाश सपुतसँगको सहकार्यमा बनेको यो गीतले शान्ति श्री परियारलाई व्यापक लोकप्रियता दिलाएको समेत थियो । गलबन्दी, पछ्यौरी, मै हुँ शिवको शिवानी, मायालु आजैलाई, बिस्ताराले पोल्यो, माया बराबर, घुमी घुमी, अरेली काँडैले मलाई, गोर्खे खुकुरी, काउली, छुट्नलाई पो रैछ क्यारे, घर कता हो बैनीको, सोल्टी बजारमा, लाहुर जाने रेलैमा जस्ता उनका चर्चित गीतहरू हुन् ।

आयोजक मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टले केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा गायिका शान्ति श्री परियारको फोटो सार्वजनिक गर्दै, उनी युरोप आउन लागेको बताएका हुन् । आयोजकका अनुसार युरोपमा कार्यक्रम गर्न चाहनेहरूले आयोजक मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टलाई सम्पर्क गर्न सकिने गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले जानकारी दिए ।

२००९ मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् । २०११ मा पहिलो एल्बम ‘घर छ तीन तले’ सार्वजनिक गर्दै उनले व्यावसायिक गायन यात्रा सुरु गरेकी गायिका परियार पहिलोपटक युरोपको सांगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी हुन् । त्यसो त, उनी पहिला पनि युरोप नआएको होइनन् तर ‘युरोप टुर’ संगीतिक कार्यक्रममा भने उनी पहिलो पटक आउन लागेकी हुन् ।

‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्ट र मामा ईभेन्ट्सले युरोपमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

त्यस्तै युरोपमा कार्यक्रम गर्न चाहनेहरूले आयोजक गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्ट र मामा ईभेन्ट्सका सञ्चालक पोर्चुगलमा रहेका किरण गुरुङ र फिनल्याण्डमा रहेका सुवास गुरुङ लाई सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

(आयोजकले सार्वजनिक गरेको कार्यक्रमको तस्बिर, युरोपमा कार्यक्रम गर्न चाहनेहरूले तस्बिरभित्र देखाएको नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ।)

 

Leave a Reply