Home Login
भिडियो

शिव अखेलीको तीज गीत ‘पिआर वाला ज्वाईं’ सार्वजनिक

पोर्चुगल — सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला, भिर्नी झोलामा, ढुङ्गे धारा, नैना रेशम, बाटो भिरको मलाइ चिन्ता छ पचास तिरको जस्ता चर्चित गीतका सर्जक शिव अखेलीको नयाँ तीज गीत बजारमा आएको छ ।

विगत सात वर्षदेखि युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक शिव अखेली पोर्चुगलस्थित साओ तिओ तोनिओमा आफ्नो स-परिवार बस्दै आइरहेका छन् ।

सन् २०६४ सालदेखि गीत संगीतमा पाइला चालेका अखेलीले ३ सय भन्दा बढी गीतहरु सृजना गरिसकेका छन् ।

तीज, दशैं, तिहार जस्ता नेपाली चाडबाडलाई मध्यनजर गर्दै सृजना गर्ने गरेका सर्जक शिव अखेलीले यसपटकको पहिलो तीज गीत ‘पिआर वाला ज्वाईं’ मंगलबार सार्वजनिक गरेका हुन् ।

उनले गतवर्ष पनि तीजलाई मध्यनजर गर्दै बादलु केश, बुद्धको देश, सिताका माइती हामी बरिलै र हजुरको साथमा खिचेको फोटो हेर्नुन कत्ती दामी बरिलै गीत सिर्जना गरेका थिए । उक्त गीत गतवर्ष निकै रुचाएको गीत मध्ये पर्दछ ।

सूर्य खड्का र निशा केसीको आवाजमा रहेको एक महिना अगाडि मात्रै सार्वजनिक भएको ‘सफल हुन्छु भन्दा भन्दै, चारले शुन्री थपिसको” उमेर पनि सक्की सको। बाटो भिरको… मलाइ चिन्ता छ पचास तिरको उक्त गीतमा समेत उनले शब्द संगीत दिएर सृजना गरेको थिए ।

यस वर्ष उनले सार्वजनिक गरेको तीज गीतमा निशा केसीले आवाज दिएकी छिन् । मंगलबार डिजिटल स्टार युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द संगीत र सृजना शिव अखेलीको रहेको छ ।

‘पोर्चुगलको लिस्वान हुँदै आए बेजा जिल्लामा, ऐसेलुका  दाना टिप्छु मारा भिल्लामा’ ….

गीतको भिडियोमा जुना गुरुङ, दिपक पौडेल, बुद्ध खनाल, माया गिरी, नवराज गिरी, विष्णुमाया पराजुली, ठाकुर प्रसाद बराल, सज्जा लामिछाने र बजराज अधिकारीले अभिनय गरेका छन् । भिडियोमा सम्पादन तारानाथ आचार्य र कलर सुवास अम्गाईले गरेका छन् । भिडियोलाई तारानाथ आचार्यले निर्देशन र छायांकन अनिल कार्कीले गेरका छन्।

उक्त सार्वजनिक गीतको म्युजिक भिडियोले अहिले सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा चर्चा कमाइरहेको छ ।

गीतमा नेपालमा रहेका आफ्नो बा–आमा छोराछोरीलाई छोडेर युरोप आएका एक परिवारको कहानीलाई देखाएको छ । युरोप आउन सजिलो र आएपछि निकै गाह्रो भएको उक्त गीतमा दर्सएको छ ।

उक्त सार्वजनिक गीतको म्युजिक भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

Leave a Reply