Home Login

लिस्बन — सान्ता अपोलोनियालाई रेबोलेरासँग जोड्ने लिस्बन मेट्रोको ब्लू लाइनमा सिग्नलिङमा त्रुटिका कारण बिहान ७ : ५६ बजेदेखि एभेनिडा र टेरेइरो डो पाको स्टेशनहरू बीचको यातायात अवरुद्ध भएको थियो । लिस्बन मेट्रोको सामाजिक सञ्जाल X मा प्रकाशित जानकारी अनुसार, लिस्बन मेट्रोले अवरोधको अवधि भविष्यवाणी गर्न नसक्ने बताएको छ । ब्लू लाइनमा आज दोस्रो पटक अवरोध […]

(विश्वको सबैभन्दा सुन्दर विमानस्थल अवतरणहरू मध्ये पोर्चुगलको मडेइरा विमानस्थल तेस्रो स्थानमा र नेपालको लुक्ला विमानस्थल १० औं स्थानमा रहेको छ । ) पोर्चुगल — यदि तपाईं आफ्नो यात्राको लागि एक रोमाञ्चक सुरुवात खोज्दै हुनुहुन्छ भने, मडेइराको क्रिस्टियानो रोनाल्डो विमानस्थल (फन्चल) लाई आधिकारिक रूपमा विश्वको तेस्रो सबैभन्दा सुन्दर विमानस्थल अवतरणको रूपमा स्थान दिइएको छ, जुन धेरै […]

बेलायत — क्षेत्री समाज बेलायतले नयाँ नेतृत्व चुनेको छ । शनिबार अल्डरसटमा सम्पन्न नवौं अधिवेशनले टेक जिसीको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा एक महिलासहित तीनजना उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी चुनिएका छन् । अधिवेशनबाट महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ), सह-सचिवमा आनन्द थापा, कोषाध्यक्ष संजय ध्वज […]

पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ । सोमबार ७ तारिख राजधानी लिस्बनको  “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्‍यापर नोबल बस्नेत (जेम्सी) […]

नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे […]

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्ने भएकी छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण […]

लन्डन – लामो समयदेखि चल्दै आएको यात्रा नियममा परिवर्तन गर्दै, बुधबारदेखि बेलायत आउने युरोपेली नागरिकहरूलाई अनिवार्य प्रवेश अनुमति आवश्यक पर्नेछ। बेलायती सरकारले यो नियमले सीमा सुरक्षालाई मजबुत बनाउने बताएको छ। इलेक्ट्रोनिक ट्राभल अथराइजेशन (ETA) अनलाइन £१० (१२ यूरो) मा केही दिनभित्र किन्न सकिन्छ, तर अप्रिल ९ देखि यसको मूल्य £१६ पुग्नेछ। यो प्रणाली अमेरिकामा चलिरहेको […]

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

अशिम लोप्चन ,रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गीतको अडियो भोलि शुक्रबार ‘सेलो संगालो’ युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन, चर्चित गायिका जितु लोप्चन तामाङको स्वर […]