Home Login
चलचित्र

आर्टमाण्डुले सार्वजनिक गर्‍यो : चलचित्र ‘ऊनको स्वीटर’ को कमाइ

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ ।

शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो ।

नवीन चौहान निर्देशित यो चलचित्रलाई हलहरूले चौथो सातामा पनि उल्लेख्य शो दिएका छन्। फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले आउँदा दिनमा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । 

यो चलचित्रमा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

म्युजिकल चलचित्रमार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो चलचित्र हो । कथानक गीतबाट दर्शकको मन जितेका कारण पनि आर्टमाण्डुको यो चलचित्रलाई लिएर दर्शकहरू पहिल्यैदेखि उत्साहित थिए । 

‘ऊनको स्वीटर’ वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म समेत बनेको छ ।

 

Leave a Reply