पोर्चुगल — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा एकदेव लिम्बु कलाज्ञ ब्यान्डले मे १९ सोमबार पोर्चुगलको राजधानी लिस्बानमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
कार्यक्रमका लागि युरोप यात्रामा निस्केका कलाज्ञ ब्यान्डले पोर्चुगल लगायत युरोपको अरु देशहरूमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो ।
शनिबार बेलुकी पोर्चुगल आइपुगेका एकदेव लिम्बु कलाज्ञ ब्यान्डलाई स्वागत गर्नको लागि पोर्चुगलको राजधानी लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक आइ पपर्सका टिम लगायत उपस्थित भएका थिए ।
राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा एकदेव लिम्बु कलाज्ञ ब्यान्डको लाइभ कन्सर्ट हुने भएको हो । उक्त कन्सर्टमा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूले समेत प्रस्तुति दिनुभएका हुन् ।
रोजगारी तथा अध्ययनको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरन्जन दिनका साथै सांगीतिक क्षेत्रको विकासका लागि आइ पपर्सले विगतका दिनहरूमा पनि इभेन्ट तथा कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आइरहेको छ ।
देश तथा विदेशमा सांगीतिक प्रस्तुती दिँदै लोकप्रिय कमाएका चर्चित ब्यान्ड कलाज्ञले पोर्चुगलमा आफ्नो लोकप्रिय भएका गीतहरू गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् ।
उनको मे १९ तारिख पोर्चुगलमा सांगीतिक प्रस्तुति हुनेछ भने त्यसपश्चात मे २३ तारिख डेनमार्क, मे २५ तारिख युके, मे ३१ तारिख दुबईमा साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
सिरफुल २, सोल्टिनी, सिरफुल, बोलि देउ, लाइ लाइ, गजल टिकी उनका चर्चित गीतहरू हुन् ।